
पोखरा, २७ साउन
नेपालआदिवासीजनजातिपत्रकार महासंघको स्थापनादिवसको अवसरमापोखरामा २ जनापत्रकार पुरस्कृत भएका छन् । फोनिजको २२ औं स्थापनादिवसको अवसरमाफोनिज गण्डकी प्रदेशको आयोजनामामंगलबार पोखरामाआयोजितकार्यक्रममापोखराकीपत्रकार शान्ति गुरुङ र नवलपुरकापत्रकार केबी राना मगर ‘कञ्चनपत्रकारिता पुरस्कारबाट सम्मानितभएकाहुन् ।
कार्यक्रममा गण्डकी प्रदेशकामुख्यमन्त्रीकृष्णचन्द्र नेपालीपोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खडकबहादुर कुमाल, पुरस्कारदाताबिमलमानगुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्षएमबीआस्थालगायतले नगद २५÷२५ हजारसहित दोषल्ला र सम्मापत्रले सम्मान गरेका थिए । आदिवासीजनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमाकलमचलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।
सम्मानितगुरुङ लामो समयदेखि रेडियो नेपालप्रादेशिकप्रशारण केन्द्र पोखरमाकार्यरत छिन् ।उनीपत्रकारिता सँगै गायन क्षेत्रमापनिसक्रिय छिन् । सामाजिकभावनाकीगुरुङ विभिन्न संघ संस्थामाविभिन्नपदमा रहेर कामगरिरहेकी छिन् । नवलपुरका रानासँगरेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिकलगायतदर्जनौ मिडिया हाउसमाकार्य अनुभव छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक,सामुदायिक रेडियो मध्यविन्दु एफएमको संस्थापकतथातथा स्टेशन संयोजकतथा सल्लाहकार लगायत धेरै सामाजिक संस्थामाविभिन्नपदमा रहेका कामगरिरहेका छन् ।
सम्मानित भएपछि पत्रकारद्वयगुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमाकलमचलाईरहनथपहौषलाप्रदान गरेको बताए । साथै उनीहरुले जीवनपर्यन्त कलमचलाईरहने बाचासमेत गरे ।रानाले पुरस्कार वापतपाएको २५ हजारमाउती नै रकमथपेर आफ्नी ५ महिने छोरीको सम्झनामाकोरोनाबाट ज्यानगुमाएकातथा पिडित बालबालिकातथापरिवारलाई सहयोग गर्ने घोषणा पनि गरेका थिए ।
पोखराकाव्यवसायीतथा समाजसेवीविमलमान गुभाजुसहितउनको परिवारले पिता स्वर्गिय वेदमानगुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापनागरिएको पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो । कार्यक्रममागुभाजु परिवारले पुरस्कारका लागिथप १ लाखअक्षय कोषमाथप्ने घोषणा गरे । अब पुरस्कारको अक्षयकोष ७लाखपुगेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले प्रदेशको सम्पतीजनजाती, धर्म, संस्कृतिप्रदेशको गहनाभएका कारण विषेश रुपमास्थानदिइएको बताए । प्रदेशमाभएकाधर्म संस्कतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिएको उनको भनाइथियो । गुरुङ जातीको उद्गमथलो क्होलासोंथार, लिगलिगकोट जस्ता महत्वपूर्ण स्थानहरुलाई विश्व सम्पदा सुचीमा राख्नपहलभइरहेको उनले जनाए । आदिवासीजनजाती पक्षबाट आउने सुझावलाई सकरात्कम रुपमालिंदै त्यसैको आधारमाअगाडि बढ्ने उनको भनाई थियो ।
एक फरक प्रशंगमाप्रदेशको विकाशनिर्माण र समृद्धिका पाटाहरु केही समय थाती राखेर जनताको स्वास्थ्यमाप्रदेश सरकार लागिपरेको उनको धारणा थियो । पहिलो चरणमा निशुल्कखोपकालागि बजेट छुट्याएपनिसिधैं प्रदेशले खोप ल्याउनपाउने अधिकार नभएका कारण संभवनभएको मुख्यमन्त्रीपोखरेलले बताए । तथापी संघ सरकारसँग समन्वय गरी प्रदेशकाजनतालाई पूर्ण खोप सुनिश्चितबनाउने अभियानजारी रहेको उनको भनाई छ ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खड्गबहादुर कुमालले पुरस्कृत व्याक्तित्वलाई बधाइदिदैं फोनिजलाई यस्तो किसिमको कार्यक्रमलाई आगामीदिनमापनिनिरन्तरतादिनआग्रह गरे । प्रदेश सरकारसँग धेरै अपेक्षा अनुरोध भएपनिपुरा गर्न गाह्रो हुने उनको धारणा थियो । प्रदेश सरकारले फोनिज गण्डकीका लागि ५ लाख रुपैयाँरातो किताबमा राखेकोमाखुसीव्यक्त गरे । रकम सानो भएपनिसिड मनीको रुपमा राखेर राम्रा राम्राकार्यक्रमल्याउन सके पछिल्ला दिनमा सहजउनको उनले बताए । यो पटक रातो किताबमा राखिएको शिर्षक आगामीवर्षहरुमाकुनै पनि सरकाले कुनै पनिबहानामा हटाउन नसक्ने उनको भनाइथियो ।
नेपालपत्रकार महासंघकी केन्द्रिय सदस्य सरितातिम्सिनापंगेनीले पत्रकार महासंघ र फोनिज सँगसँगै रहेको बताईन् । स्थानिय, प्रदेश र केन्द्र सरकारले आदिवासीजनजाति, महिला, बालबालिकाकालागि बजेट छुट्याउनहातकमाउननहुने धारणा व्यक्तगरिन् । आदिवासीजनजातिको मुद्धालाई साझा मुद्धा बनाएर आवाज उठाउन नेपालपत्रकार महासंघ फोनिजसँगै रहेको उनले बताईन् ।
कार्यक्रममाफोनिज गण्डकी प्रदेशकाइन्चार्ज हुमबहादुर गुरुङले पुरस्कृतिव्याक्तित्वद्वयको परिचयदिदै फोनिजको स्थापनाको औचित्यमाथिप्रकाशपारेका थिए । फोनिज गण्डकी प्रदेशकाउपाध्यक्षदीलशिरिषले पुरस्कारदाताहरुको सहयोगीमनकै कारण पुरस्कार सम्भव भएको बताए । पछिल्लो समय पुरस्कारको अस्वस्थ प्रतिस्पर्धाका बिच फोनिजले पुरस्कारलाई कुनै त्रुटी बिना संचालन गरेको उनको भनाइथियो । फोनिज गण्डकी प्रदेशकामहासचिव रुद्र शिरिष मगरले फोनिजको स्थापनादिवशमा शुभकामनाव्यक्तगर्दै आगामीदिनमाआदिवासीजनजातीको मुद्धामा पत्रकारहरु खरो रुपमालाग्नुपर्ने धारणा राखे ।