तपाईको लोकप्रिय संचार माध्यमबाट समाचार प्रकाशन प्रशारणको अपेक्षा गर्दछौ ।

पोखरा, २५ श्रावण

पोखरा संघसंस्थाहरुबाट हुने नियमित रत्तदान नहुँदा रगतको चरम अभाव भएको छ । पोखरामा मात्रैे दैनिक २०० युनिट भन्दा बढी रगतको माग विभिन्न अस्पताल हरुबाट हुने गरेकोमा बढ्दो कोरोना महामारि तथा रत्तदान मा केही भ्रम का कारण रत्तदानमा कमी भएको रत्तसंचार केन्द्र का प्रमुख अर्जुन ज्ञवालीले बताए ।

बिकसीत देशहरुमा कोभिड भ्याक्सीन लाउनु अगि रत्तदान गर्ने गरीन्छ, हाम्रो मा कमजोर भइन्छ भन्ने मानसिकताले रत्तदानमा कमि भएको हो । रेडक्रस मार्फत रचात्मक सन्देश दिने कार्यक्रमहरू गरीने रेडक्रस कास्कीका उपसभापति डण्ड राज शर्मा ले बताए ।

रगत अभावलाई पुरा गर्न क्रियासिल आकस्मीक रत्तदान युनिट मार्फत गरीएको रत्तदान कार्यक्रममा ५४ जनाले रत्तदान गरेका थिए । आक्समीक रत्तदान युनिटका संयोजक नेत्र ढकालको सभापत्तित्वमा भएको कार्यक्रममा रत्तदान अभियन्ता रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा , कृष्न मानन्धर, सुरेन्द्र श्रेष्ठ , रेडक्रस कास्की का उपनिर्देशक खेमराज शर्मा , साघुमुख टोल संस्थाका उपाधक्ष्य रोशन मर्हजन , अर्भुद रोग निवारण संस्थाका अध्यक्ष प्रेम भुजेल लगायतले रत्तदान को महत्वमाथी आआफ्नो धाराणा राखेका थिए ।

हाल देखिएको र
गतको अभावमा सहयोग पुर्याउन स्वास्थ्य सुरक्षाको पालना गदै रत्तदान कार्यक्रम गरीदिन सम्पुर्णमा रेडक्रसले अनुरोध गरेको छ ।

Related posts