ताजा खबर

कस्तो बजेट मुख्यमन्त्री पोखरेल, स्थानिय, प्रदेश र संघिय सरकारको योजनाको रकमको सिमा निर्धारण गर्नुपर्ने अर्थ मन्त्री बराल

पोखरा २५, साउन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चालु आर्थिक बर्षको लागि आएको बजेटमा आफुहरु समेत छक्क परेको बताए । नेपाल नगरपालिका संघका पदाधिकारीसंगको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आफुहरुले हतारमा बजेट ल्याउदा हाल छक्क पर्ने प्रकारको बजेट भएको बताएका हुन्।

उनले भने “ हामीले अघिल्लो सरकारले ल्याएको अधिकांश बजेट तथा कार्यक्रम ल्याएकै छौं तर केही योजनाहरु भने हाम्रा कार्यकर्ता समेत खुसि पार्ने गरी योजना ल्याए भनेको हाम्रै कार्याकर्ता पनि हाल बजेट प्रति खुसि छैनन । ” संघियताको मर्म र भावना अनुसार प्रदेश सरकारले एकल तथा साझा अधिकारको बिषयमा स्थानिय तथा संघ सरकारसंगको सहकार्यमा टुंगाउने मुख्यमन्त्री पोखरेलले बताए ।
सोमबार पोखरामा आयोजित कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले स्थानिय, प्रदेश र संघिय सरकारको योजनाको रकम विनियोजना गर्ने बिषयमा निश्चित रकमको निर्धारण गर्नुपर्ने बताए । उनले भने “ पछिल्लो समयमा हामी धेरै आलोचित हुनु परेको छ, जनताको केही ठाँउमा सानो रकम पनि ठुलो आवश्यकता जस्तो देखिएको छ तर यसमा हामीले एउटा निश्चित मापदण्ड बनायर अघि बढेमा भोलिका दिनमा आलोचना खेप्न पर्दैन । ” विगतमा गरेको कार्यको समिक्षा गरी दृर्ण संकल्प सहित संघियतालाई संस्थागत र अपनत्व गराउने बिषयमा स्थानिय र संघिय सरकारसंगको सहकार्य र समन्वय गर्दै जानुपर्ने मन्त्री बरालले जनाए ।

प्रदेशका मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले प्रहरी ऐन, जग्गा प्राप्ती देखि प्रदेशमा अझै धेरै समस्या भएको बताए । नगरपालिका संघका पदाधिकारीहरुले वडाले गर्ने एक लाखे योजनाहरु प्रदेश र संघिय सरकारले समेत उस्तै रकम विनियोजन गरेको भन्दै टिप्पर्ढी गरेका थिए । गण्डकी प्रदेश सरकारले चालु बर्षमा ल्याएको बजेटमा धेरै पुराना योजनाहरु काटिएको नगर प्रमुखहरुको गुनासो थियो । कार्यक्रममा पूर्व मुख्य सचिव डा.सोमलाल सुवेदीले कार्य विस्तितिकरण पुनरावलोकनका लागि राय, सुझाव संकलनको छलफल कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै संघिय सरकारका लागि ८ सय ७३, प्रदेशका लागि ५ सय ६७ र स्थानिय तहको लागि ३ सय ५५ कार्य जिम्मेवारी सिफारिस गरिएको जनाए ।

नेपाल नगरपालिका संघका अध्यक्ष असोक वेन्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव भिम प्रसाद ढुंगना, पुतली बजार नगरपाकिलाका प्रमुख सिमा क्षेत्री, वालिङ नगरपालिकाका प्रमुख दीलीप क्रिकम खाँड, पालुङटार नगरपालिकाका प्रमुख दीपक बाबु कडेंल, बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले अझै प्रदेश र स्थासनय तहको साझा सुचिको बिषयमा प्रष्ट नभएको गुनासो गरे ।

 

Related posts