गण्डकी, २१ साउन
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल(जीवन)ले प्रदेश बासीलाई कोरोना विरुद्धको खोप उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
जिल्ला समन्वय समिति कास्कीको पाँचौ पदस्थापना दिवसका अवसरमा आज आयोजित अनुगमन डायरी लोकार्पण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले आवश्यक खोप उपलव्ध गराउन संघीय सरकारसंग अनुरोध गरिएको जानकारी दिनुभयो ।
जिल्लाका विकास निर्माणको अनुगमनमा समन्वय समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले यसलाई कानूनी रुपमा मजवुत बनाउन सरकारको तर्पmबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कास्की जिल्लाबाट प्रदेश सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हान्नु भएको मन्त्री बराललाई समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । सोही समारोहमा समन्वय समितिद्धारा तयार पारिएको अनुगमन पुस्तिकाको समेत लोकार्पण गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापा, राजिव पहारी, मनबहादुर गुरुङ र मिना गुरुङले समन्वयको कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिंदै सरकारले जनतालाई खोप उपलव्ध गराउँन ढिलाई गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सिमीत श्रोत साधन एवम् संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले कानून नवनाउँदा अनुगमनमा देखिएका समस्याको समाधानमा अपठेरो पर्ने गरेको समन्वय प्रमुख क्षेत्रीले दुःखेसो व्यक्त गर्नुभयो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, समन्वय उपप्रमुख सावित्री भण्डारी, जिविस उपसभापति श्रीनाथ बराल, लगायतले अनुगमनका क्रममा देखिएको कमिकमजोरीको पाटोलाई कार्वाहीको दायरामा ल्याउन कानूनी अभाव चुनौतिका रुपमा देखिएको धारणा राख्नुभयो ।
“कृषि, पर्यटन, जलश्रोत, उद्योग र पूर्वाधार समन्वय र सहकार्य, सहतिको दिगौ विकास , समृद्धि कास्कीको मूल आधार” मुख्य नारा सहित पदस्थापना दिवसका अवसरमा कार्यालय परिसरमा सरसफाई, विगतमा रोपिएको विरुवाको गोडमेल, अनुगमन डायरी लोकार्पण, सम्मान लगायतका कार्यक्रम गरिएको समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो ।