ताजा खबर

स्वर्गीय आचार्य र रसाइलीको निधन प्रति पत्रकार महासंघ कास्कीको समवेदना

पोखरा २१।, साउन

नेपाल पत्रकार महासंघ कास्कीले विहिबार अग्रज पत्रकार स्वर्गीय तिलक प्रसाद आचार्यको घरमा पुगी शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेको छ । यस्तै, महासंघ कास्कीका साधारण सदस्य नरमाया रसाइलीको बुवा स्वर्गीय जंग बहादुर रसाइलीको घरमा पुगेर समेत परिवारलाई समवेदना व्यक्त गरिएको छ ।

महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले अग्रज पत्रकार, वरिष्ठ अधिव्यक्ता तिलक प्रसाद आचार्यको ८३ वर्षको उमेरमा र पत्रकार महासंघ कास्कीका साधारण सदस्य नरमाया रसाइलीका बुवा स्वर्गीय जंग बहादुर रसाइलीको भएको दुखद निधनले महासंघ स्तब्ध भएको बताइन् । उनले मृत शरिरको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरिन् ।
अध्यक्ष भण्डारीले सुखमा मात्र नभई महासंघ दुःखमा समेत साथमा रहेको उल्लेख गरिन् । अग्रज पत्रकार स्वर्गीय अचार्यले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको महासंघ कास्कीले सँधै स्मरण गरी रहने बताइन् । आचार्यले देखाएका पदपथमा आफुहरु सँधै हिड्ने प्रतिबद्धता उनको छ । यस्तै, नरमाया रसाइली र उनका परिवारलाई धैर्यधारण गरेर बस्न आग्रह गर्दै समस्यामा महासंघ साथमा रहेको भण्डारीले बताइन् ।

समवेदना कार्यक्रममा अग्रज पत्रकार स्वर्गीय आचार्यका विषयमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले बोलेका थिए । यस्तै, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरीता तिमिस्ना पंगेनीले अग्रज पत्रकार आचार्यको निधन र नरमायाका बुवा जंगबहादुर रसाइलीको निधनले दुखित बनाएको बताइन् । उनले पत्रकार महासंघ केन्द्रको तर्फबाट शोकसन्तप्त परिवारप्रति समवेदना प्रस्तुत गरिन् ।

समवेदना कार्यक्रममा अध्यक्ष भण्डारी र केन्द्रिय सदस्य पंगेनी सहित महासंघ कास्कीका उपाध्यक्षद्वय रामप्रसाद तिमिल्सिना, जमुना वर्षा शर्मा, सह—सचिव श्रीराम सिग्देल, सदस्यहरु शिवराज बास्ताकोटी, कञ्चन थापा, सन्तोष बस्याल, सल्लाहकारहरु नारायण कार्की, कृष्ण प्रसाद बास्तोला, नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष शिरोमणी बराल, राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, पत्रकार महासंघ कास्कीका कार्यालय प्रमुख जगत कार्की, पत्रकार दीपा पौडेल, ज्योती हमाल र कलाकार एवम् पत्रकार नगेनसिंहको उपस्थिति थियो ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *