
समाचारकक्ष
पोखरा २१, साउन
नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र पोखरा २२ वडा कमिटिले पोखरा महानगरपालिका वडा नम्बर २२ कार्यालयलाई एक थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग गरेको छ । विहिबार एक समारोहका बिच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, वडा कमिटिका अध्यक्ष चण्डीका प्रसाद बराल, वडा इन्चार्ज त्रिभुवन पौडेल लगायतले पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल, पोखरा २२ स्वास्थ्य चौकीका इन्चार्ज तुल्सी बराल लगायतलाई उक्त मेसिन सहयोग हस्तान्तरण गरेका हुन्।
कोरोनाको रोकथाम र नियन्त्रणमा थोरै भए पनि आफ्नो पार्टीबाट सानो सहयोग गरिएको वडा इन्चार्ज पौडेलले बताए । उनका अनुसार उक्त मेसिन ७ लिटर क्षमताको हो ।