ताजा खबर

रक्त क्यान्सर पिडित बालिका दिप्तीलाई दुई लाख सहयोग

लेखनाथ÷असार २५

रक्त क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा बचाउ अभियानले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ ।

संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विभाग प्रमुख बरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलले पिडित बालिकाकी आमा कोपिला सापकोटा रानाभाटलाई हस्तान्तरण गरेका हुन ।

विभिन्न व्यक्तिबाट उठेको सहयोग रकम दिप्ती बचाउन अभियानका नेतृत्वकर्ता रामवहादुर रानाभाट मार्फत डा बास्तोलाले हस्तान्तरण गरेका हुन । अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको बेगनास युवा क्लवका निर्वतमान अध्यक्ष समेत रहेका रानभाटले बताए । उनले अभियानमा निर्वतमान गृह एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले समेत सहयोग गरेको जानकारी दिए । बालिकालाई उपचार सहज होस् भनेर शुक्रबार संकलित रकम हस्तान्तरण गरिएको बताउँदै रानाभाटले दिप्तीलाई कान्ति बालअस्पताल काठमाण्डौं पठाउने व्यवस्था गरिएको उल्लेख गरे ।

उनले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहजहोस् भन्ने उदेश्यले थप केही दिन अभियान चलाएर समापन गरिने बताए । सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्दै, रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा बिकास बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने बताए । असार १ गते देखी क्षेत्रिय अस्पतालको बच्चा वार्डमा उपचार गराईरहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा. बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको हो ।
अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा. वास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रिय अस्पतालमा भएपनि थप ढिलाई गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निशुल्क उपचार र कुुरुवालाई समेृत निशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार संभव हुने अस्पतालमा पठाइएको बताए ।
कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क गरेर शुक्रबार नै पठाउने तयारी गरिएको समेत डा. वास्तोलाले बताए ।

क्यान्सरलाई थप फैलन नदिन ज्वरो क मगर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालले गरेको बताउँदै डा. वास्तोलाले थप उपचार यहाँ संभव नभएको बताए । ज्वरो आएर इमर्जेन्सीमा आउनु भएको रहेछ, हामीले भर्ना गरी छुट्टै कोठामा राखेर उपचार र अक्सिजन समेत व्यवस्थ गरेका छौं, डा वास्तोलाले भने, औषधी पनि निःशुल्क छ ।
उनका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको बताए । उनले बच्चालाई ए.एल.एलए क्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर भएको हो । डा वास्तोलाका अनुसार बच्चालाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाईनेछ ।

रकम हस्तान्तरण गर्दै, डा. वास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई सुझाव दिएका छन् । उनले उदारमन सहित रकम सहयोग संकलन गरेको भन्दै अभियन्ता रानाभट सहितलाई धन्यवाद समेत दिए । उनले भने—वास्तमा नेपालीहरु उदारमनका छन् यस्ता घटना हेर्न सक्दैनन्, मिडिया र साथीभाईसँग कुरा गरेको यतिका रकम संकलन भयो । अभियन्ता रानाभाटले बच्चालाई पैसाको अभावमा उपचार नहुने अवस्था दुःखद भएको भन्दै, थप सहयोगका लागि विभिन्न व्यक्तित्वहरुले समेत आश्वसन दिएको बताए ।

पिडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिदै, यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताईन । रकम हस्तान्तरण गर्न संचारकर्मी नवराज सापकोटा, सचिन रानाभाट, बेगनास युवाक्लवका सुरेन्द्र पुन र चित्रबहादुर गुरुङ्ग पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेका थिए ।

Related posts