
पोखरा, १५ साउन
पोखरा २२ (पुम्दी भुम्दी) को पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति अवलोकन तथा प्रबेशमा रोक लगाइएको छ । पछिल्लो समयमा कोभिड—१९ (कोरोना) शंक्रमण दर बढेसंगै अर्को सूचना जारी नभएसम्मको लागि शनिबार देखि बिशाल महादेव मुर्ति स्थलमा प्रबेश एवं दर्शन गर्न पूर्ण रुपमा प्रतिवन्ध गरिएको पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले बताए ।
उनले भने “ पछिल्लो समयमा पोखरा सहित हाम्रो वडामा समेत कोरोना शंक्रमण दर बढेको छ, कोरोना रोकथाम र नियन्त्रणको लागि पनि हामीले बाध्य भयर बिशाल महादेवको मुर्ति दर्शन गर्न प्रतिवन्ध गर्नु परेको हो ।” जिल्ला प्रशासन कार्यालय कास्कीले समेत अहिलेको अबस्थामा धार्मिक एवं पर्यटकीय स्थलहरु प्रतिवन्ध गरेकोले पछिल्लो समयमा सामाजिक संजालमा धेरै चर्चामा रहेकोले दैनिक धेरै पर्यटकहरु पुम्दीकोट आउन थालेकोले कोरोना नियन्त्रणको लागि पनि बन्द गरिएको अध्यक्ष बरालले जनाए ।
यसैबिच, पुम्दीकोट कोट विकास समितिले शनिबार देखि बिशाल महादेवको मुर्ति प्रबेशको मुल गेटर्म ताल्चा लगाउने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनले भने “हामीले बिशाल महादेवको मुर्ति निर्माण गर्दैछौं औपचारिक रुपमा हामीले बिशाल महादेवको मुुर्ति दर्शनको लागि असोजबाट मात्र खुल्ला गर्ने तयारीमा लागेका छौं ।
” वडा कार्यालयबाट बिशाल महादेवको मुर्ति दर्शन गर्न र प्रबेसमा रोक लगाएकोले त्यसमा आफुहरुले शनिबार देखि ताल्चा नै लगाउने भएको अध्यक्ष बरालले जनाए । हिजोआज दैनिक जसो ५ सय भन्दा बढी पर्यटकहरु महादेवको मुर्ति दर्शन गर्न आउन थालेको उनले जनाए । ४५ करोडको परियोजनाको हाल करिब २० करोड लगानी भएको बरालले जनाए ।