ताजा खबर

जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

लेखनाथ,१२ साउन ।

लायन्स क्लव अफ लेखनाथ टाउनका अध्यक्ष विनोद प्रसाद लामिछानेले आफनो जन्मदिनको अवसर पारेर पोखरा –२७ मा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेका छन् ।

पोखरा –३० शिसुवा निवासी लामिछानेले आफनो ४३ औं जन्मत्सवको अवसर पारेर मंगलवार आश्रममा पुगी ग्याँस सिलिण्डर,चुलो,खाद्यय सामाग्री सहित फलफुल हस्तान्त्रण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लवका एन एल एफ चिफ शैलेन्द्रमोहन भटराई र लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुमनमोहन भटराईले आश्रम संचालक समितिका अध्यक्ष दुर्गा प्रसाद गौतम र सचिव तिलकशालि अधिकारीलाई उक्त सहयोग सामाग्री हस्तान्त्रण गरेका हुन् ।

कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले जन्मदिनमा गरिने फजुल खर्चको सट्टा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्नु उदाहरणी काम भएको भन्दै आश्रममा रहेका बृद्धा बृद्धाका लागि प्रयोग हुने सामाग्री दिदा पुण्य काम हुनेमा जोड दिएका थिए ।

लायन्स क्लव अफ लेखनाथ टाउनका अध्यक्ष विनोद प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका जोन चियर प्रसंन सागर लामिछाने,आश्रम संचालक समितिका सदस्य महेश्व पाण्डे र क्लवका निवर्तमान अध्यक्ष ईन्द्रबहादुर थापा लगाएतले सामाजिक संघ सस्थामा सहयोग गर्नेलाई सदैव कल्याण हुने धारणा राखेका थिए ।

क्लवका सचिव केशव तिवारीले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष भरत गिरीले गर्नु भएको थियो ।

Related posts