ताजा खबर

पुम्दीकोटमा मुख्यमन्त्री पोखरेल सहितका मन्त्रीहरुलाई स्वागत , सडक निर्माणमा ५५ करोड लगानी आवश्यक अर्थ मन्त्री बराल

डि.एन.बी.

पोखरा, १२ साउन

पोखरा २२ मा रहेको पुम्दीकोट कोट विकास समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित प्रदेशका मन्त्रीहरुलाई स्वागत तथा सम्मान गरेको छ । पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना भएसंगै बाँकी रहेका केही योजना पुरा गर्न प्रदेश सरकारको सहयोगको अपेक्षा सहित उहाँहरुलाई पुम्दीकोटमा स्वागत तथा सम्मान गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

उहाँहरुको कार्यकालको सफलताको कामना गर्दै समितिले उक्त कार्यक्रम गरिएको उनले जनाए । पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति निर्माण सहितको अन्य भौतिक संरचना निर्माणमा गण्डकी प्रदेश सरकारले पुनः थप सहयोग गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले बताए । पुम्दीकोट प्रदेशकै पर्यटकीय एवं धार्मिक क्षेत्रको समेत नयाँ गन्तव्य भएकोले त्यसमा आवश्य पुर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उनले जनाए ।

उनले भने“शिलन्यासको अवसरमा एक पटक पुम्दीकोट आउने मौका मिलेको थियौं, मैले सोचे भन्दा धेरै राम्रो बिशाल महादेवको मुर्ति स्थापना भएको छ, पर्यटकहरु पनि आउन थालेकाले हामी निकै प्रभावित भएका छौं । ” विकासको लागि सरकार एउटा सहजकर्ता भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकासको एउटा आधार धार्मिक पर्यटन समेत भएको दाबी गरे । प्रदेशको बजेटसंगै थप बजेट आवश्यक परेमा संघिय सरकारसंगको समन्वयमा केही रकम निकासा गर्न पहल गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटको बृहत विकाससंगै पुम्दी भुम्दीको सडक निर्माणमा करिब ५५ करोड लगानी आवश्यक भएको बताए । सवैको साथ र सहयोगले अर्थ मन्त्री भएकोमा सवै प्रति आभार व्यक्त गर्दै मन्त्री बरालले आफु स्थानिय भएको नाताले पनि बिशाल महादेवको मुर्ति सहितको थप भौतिक पूर्वाधार निर्माणमा पहल गर्न मुख्यमन्त्री सहितका अन्य मन्त्री समक्ष आग्रह गरे ।

पुम्दीकोट कोट विकास समिति एवं बिशाल महादेव मुर्ति निर्माण समितिका अध्यक्ष उद्योगपति चन्द्रकान्त बरालले उक्त परियोजनामा हाल करिब २५ करोड लगानी भएको बताए । उनका अनुसार समितिसंग हाल ४ करोड ऋण भएको समेत जनाए । करिब ४५ करोडको परियोजना सम्पन्न गर्न पुनः सवैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । ं

मनो रेल सहितको ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृति पार्क लगायतका भौतिक संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । रातको समयमा ताण्डव नृत्य प्रर्दशन गरी एक रात पर्यटकलाईं पुम्दीकोटमै बसाल्ने अभियानमा रहेको उपाध्यक्ष हिमलाल बरालले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृछि सम्भव भएको र धार्मिक केन्द्रहरुको निर्माणले यसमा अझै टेवा पुग्ने बताइन् ।
समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रुप लिएको भन्दै विश्वकै पर्यटकहरु आकर्षण गरिने थलो भएको सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गरे । पुम्दीकोटलाई शिवधामका रुपमा स्थापित गरी धार्मिक केन्द्रका रुपमा विकास गरेमा स्वभाविक रुपमा आम्दानी बढेर जाने उनको भनाइ थियो ।

कांग्रेस नेता खेमराज पौडेलले पोखरा बजार नजिकै रहेको पवित्रस्थल पुम्दीकोटमा बन्दै गरेको संरचनाले गण्डकी प्रदेशकै मुहार फेर्न विश्वास व्यक्त गरे । वडाध्यक्ष मित्रलाल बरालले पुम्दीकोट पुग्न धेरै सडक भए पनि एउटै पनि पिच नहुँदा समस्या परेको बताए । पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बरालले सबैको सहयोगबाट पुम्दीकोट यो अवस्थामा पुगेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे

समितिका सचिव प्रकाश बरालले पुम्दीकोटको ऐतिहासिक पक्षबारे जानकारी गराउँदै प्रदेश सरकारले यसको स्वामित्व लिएर प्रवद्र्धमा जोड दिन आग्रह गरे ।
आर्किटेक्ट इन्जिनियर बाबुराम बरालले युवा इन्जिनियहरुको साथ लिएर सबै खालका अध्ययनपछि पुम्दीकोटमा यति ठूलो संरचना निर्माण गरिएको बताए उनले भने,‘म आफै इन्जिनियर हो, यसमा धेरै युवा साथीहरुको साथ लिएका छौं, पुम्दीकोटलाई शिवमय, शिवलोक, शिवधामका रुपमा स्थापित गर्न हामी क्रियाशील छौं ।’ प्रविधि नेपालकै भए पनि महादेवको मुर्ति भने भारतबाट मगाउनु परेको उनले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *