ताजा खबर

पोखरा दम्सादीको पहिरो नियन्त्रणमा आवश्यक पहल गर्छुः अर्थ मन्त्री बराल

समाचारकक्ष

पोखरा १२, असार

पोखरा २१ मा पर्ने दम्सादीको ६५ घर परिवारको बस्ती सहितको झोलुङगे पुल पहिरोको उच्च जोखिममा परेकोले त्यसको रोकथामको लागि आवश्यक पहल गर्ने गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बताए छन्। दम्सादीको दुई ठाँउमा गएको पहिरोको सोमबार स्थलगत रुपमा अवलोकन गर्दै मन्त्री बरालले तत्कालको लागि पहिरो रोक्न के गर्न सकिन्छ त्यसको आधारमा सम्बन्धित निकायसंगको सहकार्यमा पहिरो रोकथाममा आवश्यक भूमिका खेल्ने बताएका हुन्।

प्राविधिकको राय सल्लाह अनुसार पहिरो नियन्त्रणमा लाग्नु पर्ने बताएका मन्त्री बरालले बस्ती संरक्षणको नाममा करोडौं लगानी गर्नु भन्दा बस्तीलाई उचित ढंगले व्यबस्थापन गर्न सकिन्छ की त्यस तर्फ पनि सोच्नुपर्ने अबस्था आएको जनाए ।

पोखरा १७ र पोखरा २१ जोड्ने झोलुङगे पुल भएको स्थल भन्दा करिब एक सय मिटर टाडाको दुरीमा ठुलो पहिरो गएको छ भने दुई ठुला पहिरो करिब एक सय मिटरको दुरीमा गएको स्थानिय नवराज आचार्यले बताए ।

स्थानिय टंकराज आचार्यले गत असारमा पहिलोे साता गएको पहिरोको कारण गाउँ बस्ती नै जोखिममा भएको बताए । रातको समयमा समेत सुत्न पुल र गाउँ बस्तीलाई पहिरोको जोखिमबाट बचाउन माग गरे । गत बर्ष देखि हल्का पहिरो जान थालेकोले समयमै पहिरो नियन्त्रण हुन नसक्दा यस बर्ष ठुलो पहिरो जादा बस्ती नै जोखिममा परेको स्थानिय श्रीराम सुवेदीले गुनासो गरे ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *