ताजा खबर

माओबादी केन्द्रको थप तीन जना मन्त्रीमा सिफारिस

पोखरा ७, साउन

गण्डकी प्रदेशका मन्त्रालयको टुंगो लगाएसंगै अब छिट्टै मन्त्री मण्डल विस्तार हुने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निवासमा विहिबार साँझ बसेको कांग्रेस, माओबादी केन्द्रको बैठकले मन्त्रालय बाडफाँडको बिषय टुंगाएसंगै अब मन्त्रालय समेत विस्तार हुने भएको प्रदेश सरकारका प्रंवक्ता कुमार खड्काले बताए ।

कांग्रेस र माओबादीलाई थप ३÷३ मन्त्रालय दिने सहमती भएसंगै अब मन्त्रीमण्डल विस्तार हुने भएको उनले जनाए । माओबादी दलका उपनेता रामजी प्रसाद बराल (जीवन) को नेतृत्वमा सरकारमा सहभागी हुने गरी माओबादीलाई अर्थ मन्त्रालय सहित थप तीन मन्त्रालय टुंगाएसंगै मन्त्रालय विस्तार हुने भएको हो । दलका उपनेता बराल अर्थ मन्त्रालय सम्हाल्ने गरी बागलुङका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगर मन्त्री बन्ने गरी सिफारिस गरिएको श्रोतको दाबी छ ।

माओबादीबाट यसअघि नै मधुमाया अधिकारी जनसख्या तथा स्वास्थ्य मन्त्री बनिसकेकी छिन् । आफुहरु सहमती गरेर विहिबार नैै मन्त्रालयहरु टुंगाएको कारण सम्भवत शुक्रबार सफत ग्रहण हुने भएको दलका उपनेता बरालले बताए । माओबादीले बुढालाई भूमि व्यबस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय र मगरलाई वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सिफारिस गरिएको हो ।

कांग्रेसको तर्फबाट भने स्याङ्जाका मेखलाल श्रेष्ठ, तनहुँका दोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा मन्त्री बन्ने सम्भावना रहेको श्रोतको दाबी छ । कांग्रेसको भागमा भने भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय, शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक मन्त्रालय र कानून संचार तथा प्रदेशसभा मामिला मन्त्रालय परेको छ । सामाजिक मन्त्रालयको जिम्मा सम्हालेका कुमार खड्काले अब भने भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने भएका छन भने अन्य मन्त्रालयको बाडफाँड कांग्रेसले टुंगाउने भएको श्रोतको भनाई रहेको छ ।

११ जिल्लाबाट ६० सांसद रहेको गण्डीमा प्रदेशमा १२ जना मन्त्री बनाउन सकिने प्रावधान रहेको छ । यसअघि नेकपा एमाले पृथ्बीसुब्बा गुरुङ नेतृत्वलेको सरकारले ७ बाट फुटाएर ११ मन्त्रालय बनाएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) लाई एउटा मात्रै मन्त्रालय दिए पनि उनीहरुले पुनः अर्को मन्त्रालय माग गर्दै आएका छन्। यद्यपी जसपलाई विहिबारको बैठकमा वोलाइएको थिएन्। जसपा की सांसद धनमाया लामा पोखरेललाई समेत एउटा मन्त्रालयको जिम्मा पाउनु पर्ने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले माग गरेका छन्। उनले भने “हामी विशोस्त भएका छौं, हामीलाई दुई वटा मन्त्रालय माग गरेका हौ त्यो कान्वयन हुन्छ । ”

यसअघिको सहमति अनुसार कांग्रेस र माओवादी ४÷४, जसपा २ र स्वतन्त्र सांसद दीपक मनाङेलाई एउटा मन्त्रालय दिने सहमति भएको श्रोतको दाबी छ । राजीव गुरुङ (दीपक मनाङे) ले युवा ताथ खेलकुद मन्त्रालय सम्हालेका छन् । मनाङगे छोटो समयमै तेश्रो पटक मन्त्री बनेका हुन्।

कांग्रेसका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रतिवधि तथा सामाजिक विकास मन्त्री र माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्दै आएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा माओबादी र कांग्रेसको दा

बी परे पछि मन्त्रालय बाडफाँडमा ढिलाई भएको श्रोतको दाबी छ । नयाँ सरकार गठन भएको करिब एक महिना भन्दा पनि लामो समय पछि पुनः मन्त्रीमण्डल विस्तार हुने भएको हो ।

Related posts