ताजा खबर

नेलम्बो नेपालद्धारा निःशुल्क मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

पोखरा—४ ।  गैह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसको श्री उदय माध्यमिक विद्यालयको प्राङ्गणमा दुई दिन र श्री पृथ्वी नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा दुई दिन गरि ४ दिने निःशुुल्क मुख तथा दन्तरोगको स्वास्थ्य शिविर सञ्चालन गरि चेक जाँच तथा औषधी उपचार गरेको छ । उक्त स्वास्थ्य शिविरमा जम्मा २२२ जना मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य समस्या रहेका व्यक्तिह?को परिक्षण गरेको छ ।

जसमा २४ केसको औषधी उपचार गरिएको छ भने, एक जना विरामीको ट्युमरको सर्जरी पनि गरिएको छ । चेक जाँच गरि औषधी उपचार गर्न बाँकी रहेका विरामीह?को वर्षायामको समय सकिएपछि र कोभिड—१९ को विषमपरिस्थिति सहज भएपछि निःशुल्क औषधी उपचार गर्ने नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा ज्यूले बताउनु भयो । जसमा दाँत भर्ने, निकाल्ने, सफा गर्ने, दाँतको एक्सरे गर्ने, दाँतको आरसिट गर्ने र मुख स्वास्थ्यको अध्ययन अनुसन्धान गरि रोगको पहिचान र निदानका लागि मुख तथा दाँत सम्बन्धी सम्पूर्ण औषधी उपचार गरिने छ ।

नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ का अध्यक्ष सम बहादुर गु?ङ्ग हुनुहुन्थ्यो । प्रमुख अतिथि सम बहादुर गु?ङ्गले नेलम्बो नेपालको कार्यक्रमह? प्रभावकारी र जनमुखी भएको हुदाँ सेवा ग्राहीले प्रत्यक्ष लाभ पाउने भएकोलेसम्पूर्ण धम्पुस वासीले सेवा लिई मुख तथा दन्त रोगको परिक्षण गराई औषधी उपचार गर्न समेत आग्रह गर्नु भयो ।

उक्त कार्यक्रमका सभापति तथा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकाटोेले नलम्बो नेपालले कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षाका सामग्री तथा आफ्ना नियमित कार्यक्रमह?लाई अगाडी बढाउँदै लगेको र यस आर्थिक वर्षको पहिलो कार्यक्रम धम्पुसबाट सञ्चालन गरेको र नेलम्बो नेपालले मुख तथा दाँत सम्बन्धी सम्पूर्ण औषधी उपचारह? निःशुल्क उपलब्ध गराएको हुदाँ अधिकतम सेवा सुविधा लिई मुख तथा दाँतको रोगबाट सुरक्षित रहन आग्रह गर्नु भयो ।

माछापुच्छ्रे गाउँपालिका भित्र मुख तथा दन्त रोगको अध्ययन अनुसन्धान गर्नको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट समेत अनुमति लिई कार्यक्रम सञ्चालन गरिएको हुदाँ यो कार्यक्रमको विशेष महत्व र औचित्य रहेको पनि अध्यक्ष देवकोटाले बताउनु भयो । सो कार्यक्रममा नेलम्बो नेपालका सिनियर डेण्टल र्सजन डा. रोशन के.सीले नेलम्बो नेपालले उपलब्ध गराउँने औषधी उपचारको पद्धति तथा मुख स्वास्थ्यको असरबाट हुने अन्य हानी नोक्सानीको पनि जानकारी गराउँनु भएको थियो भने अध्ययन अनुसन्धान गरि रोगको पहिचान र निदान पनि गरिने बताउनु भयो ।

उक्त कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइराला लगायत, डा. रोशन के.सीको नेतृत्वमा ४ दिन सम्म डेण्टल हाइलेनिष्ट स्नेहा खण्ड्का, क्लिनिकल सपोर्ट विजय बलम्पाकी मगर, हेल्थ प्रमोशन अफिसर निर्मला देवकोटा, रिसर्च अफिसर समिका बस्नेत, टेक्निकल अफिसर रवि गु?ङ्ग, जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी र सहयोगी मुक्त बहादुर मालको टिम संलग्न रहेको थियो । त्यसै गरी उदय मा.विका प्रधानाध्यापक धन बहादुर क्षेत्रीले नेलम्बो नेपाल हरेक समस्यामा सहकार्यको सारथी भएको हुदाँ पुनः मुख स्वास्थ्यलाई आफ्नो विद्यालयबाट सु?वात गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

 

Related posts