ताजा खबर

मेयर जिसीको स्वास्थ्य लाभको कामना गर्दै पोखराका केही वडा अध्यक्षद्धारा महा—मुत्युन्जय जप सहित पुजा

डि.एन.बी.

पोखरा ६, साउन

पोखरा—महानगरपालिकाका मेयर मानबहादुर जिसीको मस्तिस्कघातका कारण श्ुक्रबार देखि काठमाण्ठौंको न्यूरो अस्पतालमा उपचारमा रहेको अबस्थामा पोखराका केही वडा अध्यक्षहरुले भने शिघ्र—स्वास्थ्य लाभको कामना सहित पुजा गरेका छन्। पोखरा ३ स्थित नारायणथान मन्दिरको निलकण्ठ महादेव मन्दिरमा मंगलबार महा—मुत्युन्जय जप सहितको पुजा गर्दै मेयर जिसीको स्वास्थ्य साभको कामना गरिएको पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बताए ।

उनले भने “ मेयर जिसी हाम्रो अभिभावक हो, उहाँको नेतृत्वमा करिब साँढे चार बर्ष काम गरियो, आज उहाँ अचानक बिरामी हुनु भएको छ, उहाँको स्वास्थ्य लाभको कामना गर्दै हामीले पुजा गरेका हौं, हामी धार्मिक केही कुरामा समेत विश्वास गर्ने गछौं ।” वडा अध्यक्ष प्रजुको सहित पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङ, पोखरा ११ का वडा अध्यक्ष मोहन प्रसाद बाँस्तोला र पोखरा २४ का वडा अध्यक्ष ओम सुवेदी सहितको टोलीले मन्दिरमै पुगेर पुजा आज गरी मेयर जिसीको स्वास्थ्य साभको कामना गरिएको वडा अध्यक्ष सुवेदीले बताए । आफुहरु धर्ममा समेत विश्वास गर्ने भएकोले गर्दा मेयर जिसीको अस्पतालमै उपचार हुदै गरे पनि यथा शिघ्र उहाँको स्वास्थ्य लाभको कामना सहित आफुहरुले भगवानसंग प्राथाना गरेको उनले जनाए । मेयर जिसीको स्वास्थ्य साभको कामना गर्दै पण्डित रामकृष्ण पौडेल, छवि पौडेल र कमल खतीवडाले २१ हजार जप गरेको पण्डित रामकृष्णले बताए ।

मस्तिस्कघातका कारण श्ुक्रबार हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको मेयर जिसीको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा २ घण्टामै हेमीक्राइनेक्टमीको सफल शल्यकृया भएको र उहँको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको मेयरका प्रेस संयोजक माधव बरालले बताए ।

मेयर जिसी शुक्रबार करिब ४ः०० स्वास्थ्यमा समस्या देखिए पछि पोखराको मेडि प्लसमा उपचार गर्न लगिए पनि त्यहाँबाट रिफर गरी मणिपाल शिक्षण अस्पतालमा लगेसंगै उनको थप उपचारको लागि काठमाण्डौं लगिएको हो ।

मेयर जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

मेयर जिसीको उपचार गर्न महानगरले तत्काल १० लाख दिने

यसैबिच, पोखरा महानगरपालिकाले मेयर जिसीको तत्काल उपचार खर्च व्यबस्थापनको लागि भनेर १० रुपैया प्रकोप व्यबस्थापन कोषबाट खर्च गर्ने निर्णय गरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

साथै हरेक वडा कार्यालयमा मेयर जिसीको स्वास्थ्य साभको पुस्तिका राख्ने, दैनिक नियमित सूचना प्रवाह गर्ने जिम्मा प्रवक्ता धनबहादुर नेपालीलाई दिने निर्णय भएको छ । साथै कोरोना बिरुद्धको खोप वडा न्म्बर १८ देखि ३३ सम्मका वडाका नागरिकलाई तत्काल संचालन गर्न महानगरले आवश्यक पहल गर्ने भएको छ ।

पोखरा महानगरपालिकाका कार्यबहाक नगर प्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बसेको बैठकले मेयर जिसीको शिघ्र स्वास्थ्य लाभको कामना सहित केही निर्णयहरु समेत गरेकोे छ । उपचारमा संलग्न अस्पताल, स्वास्थ्यकर्मीलाई धन्यवाद सहित उहाँको शिघ्र स्वास्थ्य साभको कामना गर्ने प्रति समेत महानगरले धन्यवाद ज्ञापन गरेको छ ।

 

 

Related posts