ताजा खबर

गण्डकी प्रदेश सरकारको ७३ प्रतिशत बजेट खर्च

डि.एन.बी.
पोखरा १, साउन

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷०७८ मा ७३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले गत आर्थिक बर्षको असार मसारन्तरसम्म २५ अर्ब ७४ करोड १४ लाखले ७३ प्रतिशत खर्च गर्न सफल भएको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख इन्द्र प्रसाद पौडेलले बताए ।

उनका अनुसार यसपाली भौतिक पूर्वाधार मन्त्रालयबाट करिब ८२ प्रतिशत बजेट खर्च गर्न सफल हुदा प्रदेशको बजेट खर्च अन्य बर्षको तुलानमा बढी भएको हो । ५ अर्ब ४२ करोड ४९ लाखको बजेट मध्य सामाजिक विकास मन्त्रालयले आर्थिक बर्ष २०७७–०७८मा ६३.८२ प्रतिशतअर्थात ३ अर्ब ४६ करोड २० लाख रुपैया खर्च गर्न सफलभएको प्रदेश लेखानियन्त्रककार्यालयलपोखराले जनाएको छ । मुख्यमन्त्रीतथामन्त्रिपरिषदको कार्यालयबाट ४६.५४ प्रतिशतमात्र बजेट खर्च भएको छ । २ अर्ब ५० करोड ७२ लाखको बजेट भएपनिउक्तकार्यालयबाटअसार मसान्तरसम्म १ अर्ब १६ करोड ६९ लाख रुपैया खर्च भएको प्रमुखपौडेलले जनाए । उद्योग पर्यटनवनतथावातावरणमन्त्रालयबाटआर्थिक बर्ष २०७७÷०७८को असार मसान्तरसम्म७५.९५ प्रतिशतअर्थात १ अर्ब ४३ करोड २७लाखखर्च भएको छ भने उक्तमन्त्रालयमा १ अर्ब ८८ करोड ६४ लाखको बजेट रहेको थियो ।

आर्थिक बर्ष २०७७÷०७८ मा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाको प्रदेशको बजेट रहेको थियो भने कोरोनाले गर्दा पनि २७प्रतिशतअर्थात ९ अर्ब १० करोड ७लाख रुपैया खर्च हुननसकेको पौडेलले जनाए । आर्थिक बर्ष २०७७÷०७८ मा पुंजिगततर्फ १७अर्ब ६१ करोड ४४ लाखअर्थात ६९ प्रतिशतखर्च भएको प्रमुखपौडेलले जनाए । त्यस्तै चालु तर्फ भने ६०.५ प्रतिशतले ८ अर्ब १२ करोड ६९ लाखखर्च भएको छ । प्रदेशको आर्थिक बर्ष २०७७÷०७८ माचालु तर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार, पुंजिगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख७६ हजार र विक्तियव्याबस्थापनतर्फ ५० करोड रुपैया विनियोजन गरिएको थियो ।

गण्डकीप्रदेश सरकारले आर्थिक वर्ष २०७६–०७७मा ६३.७१ प्रतिशत बजेट खर्च गर्न सफलभएको थियो ।कुल बजेट ३२ अर्ब १३ करोड ४७लाख ९२ हजार मध्ये प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७मा २० अर्ब ४७ करोड २७लाख ८२ हजार ४ सय ६८ अर्थात ६३.७१ प्रतिशतखर्च गर्न सफलभएको प्रदेश लेखानियन्त्रककार्यालयले जनाएको छ ।आर्थिक वर्ष २०७५–०७६ माप्रदेश सरकारले करिब ६७प्रतिशतमात्र बजेट गर्न गर्न सफलभएको थियो ।पहिलो बर्षमाभने ५८ प्रतिशत बजेट खर्च गर्न सफलभएको थियो ।

गण्डकीप्रदेश सरकारले चालु आर्थिक बर्ष २०७७÷०७८ भन्दाआउँदो आर्थिक बर्ष २०७८÷०७९ को लागिकरिब १३ प्रतिशतकमबजेट ल्याएको छ ।

 

Related posts