ताजा खबर

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हेलिकोप्टरबाट काठमाण्डौं लगियो

डि.एन.बी.
पोखरा १, साउन

पोखरा—महानगरपालिकाका मेयर मानबहादुर जिसी मस्तिस्कघातका कारण उनलाई हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको छ । मस्तिस्कघातले गर्दा बेहोस भएका मेयर जिसीको थप उपचारको लागि हेली एभरेष्ट हेलिकोप्टरको सहायताबाट काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको मेयरका प्रेस संयोजक माधव बरालले बताए ।

मेयर जिसीको आज विहान करिब ४ः०० स्वास्थ्यमा समस्या देखिए पछि पोखराको मेडि प्लसमा उपचार गर्न लगिए पनि त्यहाँबाट रिफर गरी मणिपाल शिक्षण अस्पतालमा लगेसंगै उनको थप उपचारको लागि काठमाण्डौं लगिएको हो । प्रतिकुल मौसमका कारण मेयर जिसीलाई काठमाण्र्डौं लैजान केही समय ढिलाई भएको थियो ।

मेयर जिसीको उपचारमा संलग्न भएका डा. बालगोपाल कर्मचार्यले मेयर जिसी मेडि प्लसमा अस्पतालमा आउदासम्म व्लड प्रेसर र मुटुको चाल समेत सामान्य अबस्थामा भएको बताए । होसमा आएका मेयर जिसीको भने देब्रे तर्फको हात खुट्टा भने चल्न सक्ने अबस्था नभएको उनले जनाए । उनले भने “हामीले सिटि स्क्यान गरेर हेर्दा दिमागको दाइने तर्फको ठुलो नसामा रगत बन्द भएको हामीले पायौं, थप उपचारको ला गि भनेर मणिपाल रिफर गरेका हौं । ” मस्तिस्कघात भएको केही घण्टा ढिलो भएकोले गर्दा मणिपालमा रगत पातलो बनाउने औषधि समेत मेयर जिसीलाई दिएकोले थप उपचारको लागि भनेर काठमाण्डौं रिफर गरिएको डा. कर्मचार्यले बताए । मेयर जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

साथै मेयर जिसीको स्वास्थ्य लाभको कामना गरिएको छ ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा
महानगरपालिका प्रमुख मानबहाुदर जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ

महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य
लाभको कामना गरेका हुन । ।।।काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर
प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’,
नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,।।।उहाँको उपचारमा सम्लग्न
चिकित्सक, प्रत्यक्ष तथा परोक्ष स्वास्थ्य अवस्था बारे सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने
सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’

प्रमुख जिसीको अहिले काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार
भइरहेको नेपालीले उल्लेख गरेका छन् । शुक्रबार बिहान करिब ४ बजे
उहाँलाई असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा
उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा
पु¥याइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मणिपाल शिक्षण अस्पपालमा उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उच्च
रक्तचापले मस्तिष्कघात (ऋभचभदचब
िक्ष्लाबचअतष्यल) भई त्यसको असरले प्रमुखको
शरीरको देब्रेतर्फ समस्या भएको विज्ञप्तिमा उल्लेख छ । महानगर प्रमुखलाई थप
उपचारका लागि आज नै हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको नेपालीले बताए

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *