ताजा खबर

सांसद बरालको पहलमा कास्की निर्वाचन क्षेत्र नम्बर ३(१) मा परेका योजनाहरु

समाचारकक्ष
पोखरा ३१, असार

गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल जीवनको पहलमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा करिब ६६ भन्दा बढी योजनाहरु परेका छन्। आर्थिक बर्ष २०७८÷०७९ को लागि पोखरा महानगरकाका ६ र कास्कीको माछापुच्छ«े गाउँपालिकाका ९ वटा वडाहरुमा करिब ६६ वटा योजना परेको श्रोतको दाबी छ ।

अघिल्लो बर्ष र चालु आर्थिक बर्ष २०७७÷०७८ मा कोभिड—१९ को कारण प्रदेश सरकार समेत कोरोना केन्द्रित हुदा त्यसको बाबजुत पनि केही योजना परेकोमा त्यसलाई नयाँ आर्थिक बर्ष सुरु भएसंगै कान्वयन गर्नुपर्ने सांसद बरालको भनाई छ । सांसद बरालले पेश गरेका योजनाहरु मध्य सामान्यतया ५ लाख देखि ३ करोड ५७ लाखसम्मका योजनाहरु कान्वयन हुने गरी बजेट समेत सुनिश्चित भएका छन्। पोखरा का १, २, ३, १८, १९ र २५ का ६ वटा वडाहरुमा करिब साँढे ८ करोड बराबरका योजनाहरु परेका छन भने अन्य १८ करोडका योजना माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटा वडामा जनताको आवश्यकताको आधारमा योजनाहरु परेको सांसद बरालले जनाए ।

केही योजना यस बर्ष थपिएका छन भने केही क्रमागत योजनाहरु रहेका छन्। कृषि सहितका केही मन्त्रालयको योजना हाल पनि छनौट चरणकै क्रममा रहेको श्रोतको दाबी छ । सांसद बरालको अधिकांश बजेट भौतिक पूर्वाधार सडक पुल तथा बाटो निर्माणमा बढी योजना रहेका छन भने खानेपानी र सिंचाई समेत समेटिएका छन्।

माछापुच्छ«े रिवान खहरे खोला सडक पुल निर्माणको लागि सबै भन्दा ठुलो योजना ३ करोड ५७ लाख ५० हजार रुपैयाको रहेको सांसद बरालले जनाए । त्यसै गरी वानेटाकुरा हुदै गाँउपालिकाको भवन जोड्ने बाटोमा २ करोड, माछापुच्छ«े गाँउपालिका केन्द्र जोड्ने सार्दीखोला घाचोक सडक पुल निर्माणको लागि २ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा बजेट विनियोजन भएका योजनाहरु पोखरा १८ र ५, मेथ्लाङ—जरेवर सडक स्तरोन्नती, पोखरा १९, पुरुन्चौर कृषि क्याम्पस सडक स्तरोन्नती
,पोखरा १९, भारतीय भवन स्कुल देखि साविक गाविस, भवनसम्म सडक स्तरोन्नती
, पोखरा १९ छमछमे मुहानदेखि डाँडा खेलकुद मैदान सडक लामाचौर आचार्यथर, पोखरा १९ को लप्सी टाकुरा देखि तल्लो कुसिम मोटरवाटो स्तरोन्नती, पोखरा १९ पुरुन्चौर भारतीय भवन डाँडा मोटरवाटो, पोखरा १८, मेथ्लाङ रानी स्वाँरा सोठी सडक रहेको छ ।

त्यस्तै पोखरा १९, सेतीनदीको भिरमा तारवार र फुट्ट्याक निर्माण, पोखरा २५, हेमजा उपल्लो टिमुरेचौर झोलुङे पुल निर्माण, पोखरा १९, मरेबारी वारीखेत पुरानो खोला, घार्मी,
पोखरा १९, काउरे पोखरी देखि नेट्टाको पोखरी सडक स्तरोन्नती, पोेखरा १८ को मेथ्लाङ रानीश्वारासेती कनेक्टिङ सडक निर्माण, पोखरा १८, जनमैत्रि मार्ग सडक योजना,
पोखरा १९, लामाचौर देखि पुरुन्चौर हुदै सार्दीखोलासम्म सडक, पोखरा १, ३ सेतीनदी तटवन्द तथा तुलसीघाट व्यबस्थापन योजना रहेको छ ।

त्यस्तै पोखरा २५, सुइखेतखोला नियन्त्रण कार्य, पोखरा २५, हेमजा सिंचाई प्रणाली , पोखरा १९, काउरे खोला नियन्त्रण कार्य, पोखरा १८, सेती बगर खानेपानी आयोजना
पोखरा १८, लामागाँउ खानेपानी ट्याङकी आयोजना, पोखरा ३, नारायणथान खानेपानी आयोजना, पोखरा ३, शाहीटोल ६ इन्चको पाइप लाइन थप विस्तार, पोखरा २५, नेवारेखोला झाकियान खानेपानी आयोजना पोखरा २५, जलेश्वर महादेव खानेपानी आयोजना,पोखरा १८, तोरीपानी वोरिङ खानेपानी आयोजना पोखरा १८, ग्यारजाती लिफ्टीङ खानेपानी आयोेजना रहेको छ । त्यसै गरी कास्की क्षेत्र नम्बर ३ (१) मा पोखरा ३, धर्मशिला बुद्ध विहार भवन निर्माण, तेर्सापट्टि, पोेखरा ३, नारायणथान मन्दिर नदीपुर, पोखरा १, सरस्वती मन्दिर निर्माण, पोखरा १९, ठुली पोखरी शहरडहर हुदै अकला मन्दिर सडक योजना पोखरा ३, कास्की नेवाः ंसंग्रहाल, पोखरा १८, लामागाँउ पिपलडाँली खेद मैदान निर्माण योजना रहेको छ । त्यसै गरी पोखरा १९, पुरुन्चौर गणेशमान स्मृती भवन, पोखरा १९, सर्वेश्वर शिवालयमा जेष्ठ नागरिक केन्द्र निर्माण लामाचौर तथा पोखरा १९, पैयू ठुलो खोला तल्लाकोट ठाटी आयोजना आउदो बर्षको लागि बजेट सहित योजना परेको हो ।

त्यसै गरी कास्कीको माछापुच्छ«े, ३ दौतरी पाटन माझ पाटन सोर पाटन सडक योजना, माछापुच्छ«े, पिपलडाली, देउराली खानेगाँउ सडक योजना, माछापुच्छ«े, १ धिप्राङ रुम्जा मोटर बाटो स्तरोन्नती, माछापुच्छ«े, ५ समिबगर कुइवाङ हुदै गण्डकी हाइड्रोपावर सडक योजना , माछापुच्छ«े, घलेल कुइवाङ मर्दीखोला सडक योजना, माछापुच्छ«े २, सार्दीखोला बाँझोखेत देउराली कालचोक भुजुङखोला सडक ४० लाख, माछापुच्छ«े, हेमजा—मेलवोट धिताल भम्पुस ल्वाङ घलेल सडक, माछापुच्छ«े गाँउपालिका र पोखरा महानगर जोड्ने मुर्दीपुल,देखि वानेटाकुरा हुदै गाँउपालिकाको भवन जोड्ने, माछापुच्छ«े गाँउपालिका केन्द्र जोड्ने सार्दीखोला घाचोक सडक पुल, माछापुच्छ«े रिवान खहरे खोला सडक पुल रहेका छन्।

रातो कितावमा बजेका योजनाहरु मध्य माछापुच्छ«े ३, लस्तीखोला मुल्वेसी सिंचाई योजना, माछापुच्छ«े मर्दीखोला तटबन्दन कार्य, माछापुच्छ«े २, चौरा सिंचाई योजना माछापुच्छ«े २, टारवेशी सिंचाई योजना, माछाछापुच्छ«े २, सार्दीखोला सिंचाई योजना
माछापुच्छ«े मर्दीखोला तटबन्दन कार्य, मर्दीखोला तटबन्दन जरेबगर देखि पातीखोला दोभान,
माछापुच्छ«े २, घट्टे कुलो सिंचाई आयोजना,माछापुच्छ«े ८, नसौर खोला आयोजना,
माछापुच्छ«े ५, पातर स्यो नुनथला ठुलो खेल सिंचाई योजना रहेका छन। त्यसै गरी
माछापुच्छ«े ८ र ९ को ल्वाङ घलेल खानेपानी आयोजना, माछापुच्छ«े ६, धिताल खानेपानी आयोजना, माछापुच्छ«े ३, घाचोक खानेपानी आयोजना, माछापुच्छ«े ४, ५ को लाहाचोक रिभान रोका खोला, खानेपानी आयोजना, माछापुच्छ«े १, खानेपानी आयोजना माछापुच्छ«े ७, खानेपानी आयोजना, माछापुच्छ«े ९, प्रम्धु तक्रो खानेपानी आयोजना, माछापुच्छ«े २ देवि देउराली मन्दिर मर्मत संहार, माछापुच्छ«े २, बाराही आधारभूत मावि स्तरोन्नती खाँदरजुङ रहेका छन्।

आफुहरुले पेश गरेका अधिकांश योजनाहरु मध्य अझै धेरै योजनाहरु छुट भएको सांसद बरालले जनाए ।

 

 

Related posts