
डि.एन.बी.
पोखरा ३१, असार
पोखरामा ५५ बर्ष माथि उमेर समुहका सहित अन्यलाई गरी ४८ हजार जनालाई कोरोना बिरुद्धको खोप दिइन सुरु गरिएको छ । महानगरमा प्राप्त करिब ५० हजार भेरो—शिल्ड मध्य पछिल्लो चरणमा लक्षित बर्गलाई ४८ हजार १ सय २४ जनामा उक्त खोप दिइन बुधबार देखि सुरु भएको पोखरा महानगरका जनस्वास्थ्य अधिकृत हरिलाल आचार्यले एटुजेटलाई बताए ।
उनका अनुसार पोखरा महानगरमा बुधबार देखि २० वटा खोप केन्द्रमा उक्त खोप लगाउन सुरु भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १३ बाहेक, एक देखि १७ वटा वडा सहित शिशुवा सामुदायिक अस्पतालमा बुधबार र विहिबार पहिलो चरणको भेरो शिल्ड लगाउने कार्यक्रम तय गरिएको जनस्वास्थ्य अधिकृत आचार्यले बताए । बाँकी रहेका पोखराका वडा १८ देखि ३३ र पोखरा १३ को वडामा भने साउन ३ गते खोप लगाउने कार्यक्रम तयारी गरिएको उनले जनाए ।
पोखरा महानगरपालिकाले बुधबार देखि ५५ बर्ष उमेर समुहका नागरिक, शिक्षक कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालक, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिक, नेपाल सरकारले तोकेको आत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यत्तिहरुलाई खोपको प्रथामिकतामा राखेको छ ।
पोखरामा अझै दोश्रो चरणका फागुन २३ पछिका करिब २३ हजार जनालाई
दोश्रो चरणको खोप लगाउन बाँकी रहेको छ । पोखरा महानगरमा दोश्रो चरणको कोभि—शिल्ड लगाउन करिब २३ हजार जना बाँकी रहेको अधिकृत आचार्यले जनाए ।
आचार्यले पुन नेपाल सरकारबाट खोप उपलब्ध हुन साथ महानगरले पोखरेलीलाई पाइक पर्ने स्थलमा पुगेर खोप लगाउने भएको एटुजेटलाई बताए । पछिल्लो समयमा कोरोना बिरुद्धको खोप लगाउन आउनको सङख्या निकै उतसाहजनक रहेको अधिकृत आचार्यले जनाए ।
पोखरा महानगरपालिकाको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, नयाँबजार पोखरामा घण्टौं लाइन लागेर पोखरा ८ र ९ का स्थानियहरु बुधबार सहभागि भएका थिए । खोप पाउने आशमा विहानै देखि ठुलो सङख्यामा भिड भएकोले सुरुमा व्यबस्थापन गर्न कठिन भएको पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले बताए । सुरक्षाकर्मीले समेत लाइन लगाउन र खोप लगाउन आउनेहरुलाई सहजीकरण गरेका थिए ।