ताजा खबर

प्रदेशको बजेट बहुमतले पारीत

समाचारकक्ष
पोखरा ३१, असार

गण्डकी प्रदेश सरकारले बहुमतले बजेट पारित गरेको छ । आगामी आर्थिक वर्ष २०७८(७९ का लागि ल्याएको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेस गरेको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेको समर्थनमा आर्थिक वर्ष २०७८(७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।

सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु नारा जुलुल लागाउदै संसद अबरद्ध गर्न खोजेका थिए । मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका थिए । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेस हुँदा नेकपा एमालेका सांसद सदनमा थिएनन् ।

गैरबजेटरी रकम मनोमानी ढंगले वितरण गरिएको र आफ्नो पालामा ल्याइएका योजना रातो किताबबाट हटाइएकोमा एमाले सांसदहरु आक्रोशित बनेका थिए । यही आक्रोशमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले टेवल नै फालिदिएका थिए । गत आइतबारदेखि सुरु भएको बैठक सरकारले वितरण गरेको १६ करोड रकमको कामबारे संसदीय अनुगमन गर्ने सहमति भएपछि चालु भएको थियो ।

एमालेले असारमा १६ कारेड बजेट विनियोजन गरी बजेटको दुरुपयोग र भ्रष्टचार गर्न खोजेको आरोप लगाउदै आएको थियो । नेता बस्नेतले सदनमा एउटै जिल्लामा ५ वटा, एउटै वडामा भने १० भन्दा बढी योजना पार्न कहाँसंम्मको न्यायोचित बजेट वितरण भयो भनेर सदनमा प्रश्न गरेका थिए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *