
डि.एन.बी.
पोखरा २९, असार
सर्वोच्च अदालतले दोश्रो पटक संसद पुनः स्थापना गरेकोमा नेकपा एमालेको भातृ संस्था युवा संघ सहितका बिद्यार्थीै संगठनले पोखरामा आज (मंगलबार) पनि बिरोध प्रर्दशन गरेका छन्। सर्वोच्च अदालतले गरेको फौसला आफुहरुलाई मान्य नहुने भन्दै एमाले का नेता तथा कार्यकर्ताले नारा जुसुल गर्दै आज पनि पोखरामा प्रर्दशन गरेका हुन्।
पोखराको महेन्द्रपुलमा बिरोध प्रर्दशन गरेका एमालेका नेता तथा कार्यंकर्ताले सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाको पुत्ला प्रर्दशन गर्दै पुत्ला जलाय पछि प्रहरी र आन्दोलनकारी बिच केही वेर धकेलाधकेल भएको थियो । आन्दोलनकारीले प्रहरी माथि ढुंगा मुडा गरे पनि प्रहरीलाई खासै चोट भने नलागेको कास्कीका प्रहरी प्रवत्ता डि.एस.पी. सुवास हमालले बताए ।
युवा संघका नेता महेन्द्र गुरुङले आन्दोलनको क्रममा प्रहरीसंग सामान्य बिबाद भए पनि आफ्ना नेता तथा कार्यकर्तालाई सामान्य अबस्थामा रहेको बताए । पोखराको महेन्द्रपुलमा प्रधानन्यायधीश राणाको पुत्ला जलायसंगै प्रहरीले पुत्ला निभाउदै आन्दोलनकारीलाई सामान्य लाठ्ठी प्रहार गरी लखेट्दै चिप्लेढुंगा बि.पि.चोकसम्म पु¥याएको थियो । आन्दोलनकारीले प्रहरी माथि सामान्य ढुंगा प्रहार गरे पछि प्रहरीको ढालाले गर्दा चोट लगाउनबाट बचाएको थियो ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसंगै एमालेका नेता तथा कार्यकर्ता सोमबार देखि सडक आन्दोलनमा उत्र्रिएका हुन भने पोखरामा भोलि देखि कस्तो आन्दोलन गर्ने बैठक बसेर निर्णय गर्ने भएको नेता गुरुङले बताए ।