संगिता शाक्यको स्मृतिमा धर्मशिला बुद्ध बिहारको भवन निर्माणको लागि सहयोग

समाचारकक्ष
पोखरा २६, असार

पोखराकी संगिता शाक्यको स्मृतिमा पोखरा–३ को धर्मशिला बुद्ध बिहारको भवन निर्माणको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

भिन्तुना क्लवका सदस्य शरण शाक्यका दीदी शाक्य को एक महिनाको पुण्य तिथिमा उनको परिवारबाट उक्त भवन निर्माणको लागि १ लाख ५ हजार ४७ रुपैया प्राप्त भएको क्लवका अध्यक्ष राजन श्रेष्ठले बताए ।

संगिता प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक श्रद्धान्जली समेत क्लवले व्यक्त गरेको छ । साथै क्लवले मृत आत्माको चीर शान्तिको कामना समेत गरेको छ ।

धर्मशिला बुद्ध बिहारको निर्माण कार्य सुस्त भएको कारण बिहार प्रमुख भिक्षु धजवन्तोबाट निर्माधिन भवनको अर्थ सन्कलन, सहकार्य, प्रचार प्रसार र सहयोग को लागि भिन्तुना युवा क्लबलाइ आग्रह गरेको क्लवले जनाएको छ ।

Related posts