फेवातालको सिल्टेसन ड्याम खोलाले बगायो, ठुला खेतको बस्ती नै जोखिममा

डि.एन.बी.

पोखरा २५, असार

फेवातालको सिल्टेसन ड्याम खोलाले बगाएको छ । पोखराको फेवातालको सिरान भागमा पर्ने हर्पन खोला र घाँटी छिनामा निर्माण भएको सिल्टेसन ड्याममा गएरातिको पानीको वाहव बढेसंगै खोलाले बगाएको स्थानियले बताए ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाको लागतमा निर्माण भएको उक्त ड्यामको करिब १० मिटरको भाग खोलाले बगाएको पोखरा महानगरापलिकाका उपमेयर मन्जुदेवि गुरुङले बताइन्। विहिबार खोलाले बगाएको ड्यामको अवलोकन गर्दै उनले जति सक्दो छिटो ड्याम निर्माण प्रकृया अघि बढाउने बताइन्।

उक्त चेकड्यामको लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको रहेको थियो । पोखरा २३ का वडा सदस्य भरतराज भण्डारीले कम गुणस्तरको मेट्रियल प्रयोग भएको, अवैज्ञानिक ढंगले ठाडो खोला हिड्ने ठाँउमा ड्याम बनाइएको र जम्मा भएको सिल्ट्रेसन अवैज्ञानिक ढंगले एका तर्फ मात्र बढी निकाल्ने गरेको कारणले गर्दा ड्याम भत्किन पुगेको दाबी गरेका छन्।

उक्त सिल्टेसन ड्याम फुटेसंगै पानीको वहाव बढेकोले ठुलाखेत लगायतको बस्ती समेत जोखिम भएको स्थानिय सुर्य प्रसाद भण्डारीले बताए ।

पोखराको फेवाताल संरक्षण गर्न २८ करोड १४ लाख रुपैयाको लागतमा ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिएको छ भने गत बर्ष पछि सिल्टेसन ड्याम फुट्दा एक जनाको मुत्यु समेत भएको थियो ।

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ स्थित बेतयनी खोला र लौरुक खोला, पोखरा २३ र २४ को अधेरी खोला तथा पोखरा २३ स्थित हर्पन खोला घाँटी छिना गरि ४ वटा आयोजना मार्फत चेकड्याम र सिल्टपोखरी निर्माण भएको हो । उक्त परियोजनामा २८ करोड १६ लाख १० हजार ९ सय ९२ रुपैयामा लगानी भएको छ ।

Related posts