ताजा खबर

भाग्यले बाचेका एकै घरका ११ जना

डि.एन.बी.
पोखरा २३, असार

भाग्यले बाचेका पोखरा २२ पुम्दी भुम्दी शान्ति स्तुपाः क्षेत्रका एकै घरका ११ जना यति वेला अस्थायी बसोबासको पर्खाइमा रहेका छन्। आज भन्दा करिब डेढ दशक अघि छोराले विदेशबाट कमाएको पैसाले बनाएको पक्की घरनै बुधबार विहान १ बजे आएको पहिरोले भत्काउदै केही भाग पुरे पनि स्थानिय फुलमाया विक परिवार अस्थायी बसोबास व्यबसथापको पर्खाईमा रहेको छ ।

बुधबार आज (राति १ बजे ) एकाएक घर छाड्नाले एकै घरका ११ जना करिब २ मिनेटको अन्तरालले बच्न सफल भएको विक परिवारले जनाएको छ । आफुहरुले घर छाडेको २ मिनेटमै घर माथिको पहिरोले घर भत्काउदै घरको दुई वटा कोठामा माटोको भागले पुरिएको घर धनि फुलमाया विकले बताइन्।

उनले निरास हुदै भनिन“ आज हामी ठुलो कालबाट बाच्न सफल भयौं, २ मिनेट मात्र हामी घर छाड्न ढिलो भएको भए सायद हामी बाच्न सकिन्थेन, जग्गाको नाममा १२ आना जग्गा भएकोले त्यही छोराको विदेशको कमाईबाट घर बनाए पनि हाल पहिरोको कारण घर वार विहिन हुनु पर्यो । ” विक परिवारको भान्छा कोठा, उनीहरु सुत्ने कोठाहरुमा माटोको ढिस्को सहितको भागले भिक्ता फोरेर कोठा पुरिएको विकले बताइन्।

तल्लो तलामा ४ कोठा मध्य दक्षिण तर्फका दुई वटा कोठामा दलदल हिलो माटो सहितको बस्तुले कोठामा रहेका सामानहरु नष्ट भएको विकले दाबी गरेकी छन्। पक्की भवनको दोश्रो तलामा दुई कोठा रहेकाछन भने कोठामा जाने भर्याङ सहितको भागमा माटोको ठिस्कोले पुरिएको छ । फुलमाया विकको घर भन्दा करिब १० मिटर माथिल्लो भागमा झिक्रे बास लगाय पनि माथिल्लो बस्तीमा रहेका केही व्यत्तिहरुले भलपानी आफनो घर तर्फ लगाउनाले गर्दा घरमा क्षति पुगेको फुलमायाका छोरा राजन विकले बताए । विक परिवारको घर भन्दा करिब एक सय मिटर माथिल्लो भागमा बन्दै गरेको एक रेष्टुरेण्ट संचालक तथा रिभर भ्यु रेष्टुरेण्टका संचालकको लापरवाहीको कारणले गर्दा आफुहरुको घरमा भलपानी सहितको बाढी जादा पहिरो गएको विक परिवारको दाबी छ । रिभर भ्यू रेष्टुरेण्टका संचालक हरी विकले बर्षादमा ठुलो भलपानी आउदा पानी व्यबस्थापन गर्न स्थानियको बजेटले गर्न नसकिने भएकोले यसको जिल्लाकै योजना मै समेटेर काम गर्नुपर्ने अबस्था रहेको बताए ।

विगत १५÷१६ बर्ष अघि छोरा राजनले विदेशबाट कमाएको आम्दानी नै घरमा लगानी भएकोले फुलमायाले बताइन्। रोजगारको लागि १० बर्ष कतार र वहराइनमा गएर कमाएको आम्दानीबाट तत्कालिन अबस्थामा २२ लाखको लागतमा उक्त घर बनाएको राजनले बताए । उनले भने “ घर र धन सम्पत्ति भन्दा ठुलो हामी हो, हामी सवै ठिकै छौं हामी बाच्यौं र पो यो संसार देख्न पाइयो हामीलाई अब अस्थायी बसोबासको लागि टहरा मात्र बनाउन पाए पुग्छ । ” विक परिवारको घरसंगै उनको घर भन्दा करिब एक सय मिटर माथिल्लो क्षेत्रमा रहेका करिब ८ घर तथा तल्लो क्षेत्रमा रहेका ५÷७ घर समेत पहिरोको उच्च जोखिमा रहेको स्थानिय कल्पना विकले बताइन्।

६ महिनाको बच्चा सहित आफुहरुसंग भएको घर सहितको जग्गा पहिरोले लगैसंगै आफुहरु हाल घर वार विहिन जस्तो भएको फुलामायाका श्रीमान मिन बहादुर विकले बताए । माथिल्लो क्षेत्रमा रहेका केही व्यत्तिहरुले भलपानी आफ्नो घर तर्फ तेर्साएको कारणले गर्दा पहिरो गएको उनको दाबी । आफुहरु हतार हतारमा राति १ बजे घर छाड्नु पर्दा घरबाट कुनै पनि सामानहरु निकाल्न नभ्याएकोले घरका अधिकांश सर—सामानहरु पहिरोले पुरियर काम नलाग्ने अबस्थामा रहेकोे उनले जनाए ।

 

Related posts