ताजा खबर

पोखराकी एक स्टाफ नर्स निर्घात कुटिन

डि.एन.बी.
पोखरा २२, असार

पोखराकी एक स्टाफ नर्स निर्घात कुटिएकी छन्। पोखराको एक अस्पतालमा कार्यरत स्टार्फ नर्स आफ्नै श्रीमानबाट निर्घात कुटिए पछि हाल पोखराको फिस्टेल अस्पतालमा उपचार भई रहेको छ ।

पोखरा १४ चाउथे की २८ बर्षीया मनिसा थापा (के.सी.) आफ्नै श्रीमान नरेन्द्र केसीबाट बेहोस हुने गरी निर्घात कुटिएको उनले अस्पताल बेडबाटै हामीलाई गुनासो गरिन्। सोमबार मादक पदार्थ सेवन गरी आफु बसेको कोठामा आयर श्रीमानले निर्घात कुटपिट गर्दा हाल आफु अस्वस्थ भई अस्पतालमा उपचार गर्नुपर्ने अबस्था आएको मनिसाले दबी गरिन्। करिब साँढे ३ बर्ष अघि नरेन्द्र केसीसंग विवाह बन्दनमा प्रबेश गरेकी मनिसाको हाल डेढ बर्षकी छोरी भए पनि घर परिवारबाट छोरीलाई समेत आफ्नो नजिक पर्न नदिने गरेको जनाइन्।

मनिसाका आफन्तले उनका श्रीमानले पटक पटक उनलाई कुटपिट गर्ने क्रममा सोमबार राति निर्घात कुटपिट गरी घरमा राखेकोले उनका श्रीमानलाई कानुनि उपचारको लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनका आफन्तले दिएको उजुरीको आधारमा नरेन्द्रलाई हाल अभद्र व्यवहार गरेको मुद्धा चलाइएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी.सुवासु हमालले बताए । पटक पटक नरेन्द्रले आफ्नी श्रीमतीलाई कुटपिट गरेको बिषयमा आफुहरुले मिलाउदै आएको उनले जनाए । घटनाको बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

मनिसाका बाबु तीलक बहादुर थापाले भने विवाह भएको पहिलो बर्ष देखि दाइजोको बिषय उठाउदै नरेन्द्र(ज्वाई)ले आफ्नी छोरीलाई कुटपिट गर्दै आएको दाबी गरे । यसपालि मनिसालाई बेहोस हुने गरी नरेन्द्रले निर्घात कुटपिट गरी उनका छिमकीले अस्पतालसम्म ल्यायर बाच्न सफल भएको मनिसाका बाबु थापाले बताए । उनका अनुसार मनिसाको नाक मुखबाट रगत आएको थियो भने उनको ६ वटा दाँत समेत हल्लनी गरी कुटपिट भएको थियो ।

नरेन्द्रका दाई मनिसाका जेठाजु राजेन्द्र केसीले भाईले गल्ती गरेकोले हाल उनलाई कानुनी उपचारको लागि प्रहरी सामु पठाएको बताए । मनिसाले आफुलाई मिथ्या आरोप लगाएको उनले जनाए ।

Related posts