ताजा खबर

तेश्रो पटक पनि सहारा एकेडेमीलाई फुटवल प्रशिक्षक हुमागाईको सहयोग

दीननाथ बराल
पोखरा २२, असार

फुटबल प्रशिक्षक प्रदिप हुमागाईले सहारा क्लव पोखरा द्वारा सञ्चालित सहारा एकेडेमीलाई तेश्रो पटक समेत सहयोग गरेका छन्। एकेडेमीलाई मन्दिरको रुपमा मान्ने गरेका हुमागाई मंगलबार एकेडेमीलाई एक सय डलर (नेपाली करिब ११ हजार रुपैया) आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।

जुलाई ७ ‘स्पेशल डे’ का रुपमा रहेकोको एकेडेमीलाई विगत दुई बर्ष देखि सहयोग गर्दै आएका उनले मंगलबार तेश्रो पटक सहयोग गरेसंगै आगामी दिनमा समेत सहारा एकेडेमीमा आफुले सक्दो सहयोग गर्ने वचन दिए । स्पेशल डे के हो भन्ने बिषयमा उनले अझे खुलाएका छैनन्।

थ्रि स्टार क्लवको प्रशिक्षक सहित विदेशमा समेत प्रशिक्षण गराएको अनुभव रहेका हुमागाईले वालबालिकाहरुलाई राम्रो प्रशिक्षण गर्न सके भविश्यमा राम्रा खेलाडी उत्पादन गर्न सकिने दाबी गरे ।

सहारा क्लव पोखराका अध्यक्ष केशव ुर थापाले हुमागाईलाई हरेक बर्ष सहयोग गर्न आएकोमा धन्यवाद दिएका छन्। सहारा एकेडेमीमा १४ जिल्लाका २५ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन ।

 

Related posts