
पोखरा १६, असार
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्री मधु अधिकारी गुरुङले अझै पनि कोरोनाको प्रभाव जारी रहेकोले कोरोना बिरुद्ध लड्न सबै एक हुनुपर्ने बताएकी छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासघं कास्की र पोखरा महानगरपालिका कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री गुरुङले दोश्रो लहरको कोरोना बिरुद्ध सवै एक भई लाग्नु पर्ने बताएकी हुन्।
मन्त्री गुरुङले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागी सबै आ आफ्नो ठाउँबाट लाग्न निर्देशन दिएकी छन्।
महसघं कास्कीका अध्यक्ष नबराज अधिकारी र महानगर कमिटीको तर्फबाट प्रताप पौडेलले लगायतले सगंठनका पदाधिकारी एब सदस्यहरुबाट मन्त्री गुरुङलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।