ताजा खबर

कास्कीमा निषेधाज्ञा सहज हुदै, असार १६ देखि सवारी साधन जोर विजोर र सिमित पसलहरु खुल्ने

डि.एन.बी.
पोखरा १३, असार

पोखरा सहित कास्कीमा यही असार १६ गते देखि निषेधाज्ञा थप खुकुलो हुने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार जिल्ला कोभिड १९ व्यबस्थापन समिति (डिसिएमसी) को पोखरामा बसेको बैठकले सवारी साधन जोर बिजोर र सिमित पसलहरु विहान ११ बजे देखि साँझ ६ बजेसम्म खुल्न दिने निर्णय गरेको हो ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि कास्कीमा पनि निषेधाज्ञा भएको दुई महिना पछि थप खुकुलो हुने भएको जिल्ला प्रशासन कर्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । निजी तथा सार्वजनिक सवारी साधनहरु संचालन गर्दा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै जोर बिजोर प्राणाली अनुसार संचालन हुने भएको सहायक प्रजिअ पौडेलले जनाए । निजी सवारी साधन जिक, कार, भ्यान र सार्वजनिक सवारी साधन ट्याक्सिमा अधिकतम चालक सहित ४ भन्दा बढी राख्न नपाउने आदेश जारी गरे गरेको छ । असार १६ गतेसम्म देखि विहान ५ देखि साँझ ६ बजेसम्म खाद्यन्न, फलफुल तरकारी, लगायतका दैनिक उपभोग्य बस्तुका पसलहरु संचालन हुन पाउने भएका छन । जनताको दैनिक सेवा प्रवाह हुने सरकारी तथा संघ संस्थाका कार्यालयहरुले कर्यालयको प्रकृति, अबस्था हेरी कार्यालय प्रमुखले आफै व्यबस्थापन गर्न र बैंक तथा विक्तिय क्षेत्रमा समेत सिमित कर्मचारीको आधारमा सेवा प्रवाह गराउनु प्रशासनले जारी गरेको विज्ञेप्तिमा उल्लेख छ ।

कास्की जिल्लाको हकमा मात्र जोर बिजोर प्रणालीमा सवारी साधनहरु संचालन हुने भएको छ । लामो दुरीका सवारी साधनहरु भने अझै संचालन हुन सक्ने अबस्था भएको छैन। सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल,फनपार्क, डान्स, वार, दोहोरी साँझ, रंगशाला, फुटसल, स्पाः, सुइमिङपुल, व्यूटि पालर, फुटपात पसलहरु संचालन नगर्न प्रशासनले आदेश जारी गरेको छ । बिद्यालय तथा क्याम्पसहरुमा पठन पाठन र परिक्षा संचालन नगर्न र सम्भव भएमा अनलाइन कक्षा संचालनको लागि मात्र प्रशासनले अनुमति दिएको छ । विवाह प्रतवन्ध लगायतका अन्य संकारजन्य कार्य गर्दा बढीमा १५ जना अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

मठ, मन्दिर मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थल, नित्य पूजा गर्ने मठ मन्दिर, पूजा ध्यान केन्द्र र प्रार्थना, प्रशिक्षण केन्द्रहरु संचालन नगर्न कास्की प्रशासनले आदेश जारी गरेको छ । स्वास्थ्य , सुरक्षा, संचार, बिद्युत, खानेपानी, औषधि तथा औषधिजन्य उत्पादन तथा बिक्रि वितरण लगायतका अत्यावसेक सेवा तथा कार्य गर्ने बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु प्रवाह नगर्ने प्रशासनबाट आदेश जारी भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जनाए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *