यही असार १६ गते देखि जोर विजोर प्रणालीमा निजी र सार्वजनिक सवारी साधन संचालन हुने सम्भावना

समाचारकक्ष
पोखरा १३, वैशाख

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि कास्कीमा पनि निषेधाज्ञा भएको दुई महिना पछि यही असार १६ गते देखि धेरै सहज हुने भएको छ ।

असार १५ गतेसम्म विहान ५ देखि दिउँसो १२ बजेसम्म निश्चित पसल तथा कार्यालयहरु संचालनको अनुमति दिए पनि असार १६ गते देखि भने विहान ११ बजे देखि बेलुका ५ बजेसम्म पसल तथा कार्यालयहरु संचालनको अनुमति दिने बिषयमा छलफल भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

असार १६ गते देखि निजी तथा सार्वजनिक सवारी साधनहरु समेत जोर गते जोर नम्बर प्लेटका सवारी र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधनहरु संचालनको अनुमति दिने बिषयमा समेत लगभग कुरा पक्का भएको उनले जनाए ।
अन्य बिषयमा भने बैठकमा हाल छलफल भई रहेको सहायक प्रजिअ पौडेलले जनाए ।

Related posts