ताजा खबर

नेलम्बो नेपालद्धारा पोखराको शुक्रराज मा.वि.लाई स्वास्थ्य सामाग्री सहयोग

डि.एन.बी.
पोखरा १४, असार

पोखरा २२ (पुम्दी भुम्दी) स्थित शुक्रराज मा.वि.लाई पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । मेडिकल माक्स, फेस सिल्ड, केएन ९५ माक्स, सेनिटाईजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेताना ब्रोसर गरि करिब २७ हजार १ सय ६० रुपैया मुल्य बराबरको स्वास्थ्य सामग्रीहरु नेलम्बोले बिद्यालयलाई सहयोग गरेको हो ।

नेलम्बो नेपालका अध्यक्ष एक देवकोटा र कार्यक्रम संयोजक डा.कसन कोइरालाले विद्यालयका प्रधानाध्यापक नरनाथ वराललाई उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेका हुन् । विद्यालयले शैक्षिक शत्र ७८÷७९ का लागि नयाँ कक्षा भर्ना अभियान भौतिक रुपामा विद्यालयका शिक्षकहरुको आंशिक उपस्थितिमा भईरहेको हुँदा स्वास्थ्य मापदण्ड अपनाई कार्य गर्न सहज होस भन्ने हेतुले उक्त सहयोग गरिएको अध्यक्ष देवकोटाले जनाए ।

प्रधानाध्यापक वरालले यस विषम् परिस्थितिमा नेलोम्बो नेपालले आफ्नो बिद्यालयमा समेत सहयोग गरेकोमा धन्यवाद दिए । प्राप्त स्वास्थ्य सामाग्री बिद्यालयमा उचित ढंगले व्यबस्थापन गर्ने उनले जनाए । शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आउने क्रममा १ वर्ष आगाडी देखि विश्व महामारीको रुपामा फैलिएको कोरोना भाईरस कोभिड १९ रोगको रोकथाम तथा व्यवस्थापनको लागि नेलम्बो नेपाल लाग्दै आएको देवकोटाले जनाए ।

अग्रभागमा खटिने स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको नेलम्बो नेपालले विभिन्न स्थानीय तह, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य इकाई, सरकारी कोभिड अस्थाई अस्पताल, जस्ता स्थानमा स्थास्थ्य सामग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको अगाडी दैनिक रुपाम हेल्प डेक्स राखी माक्स तथा सेनिटाइजर निःशुल्क रुपमा हस्तान्तरण गरेको छ । बन्दा बन्दीका कारण अति विपन्न, शारिरिक रुपमा आपाङ्गता भएका मानिसहरुलाई खाद्य राहात साममग्रीहरु
गण्डकी प्रदेश मै हस्तान्तरण गरेको छ ।

Related posts