ताजा खबर

खेलाडीहरुलाई कोरोना खोप लगाउन सुरु

पोखरा १३, असार

नेकपा एमाले निकटको भातृसंस्था नेपाल खेलकुद महासंघले खेलाडीहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेको छ । भलिवलका राष्ट्रिय खेलाडी, वाल्डकार्ड छनौट भएका खेलाडी राखेपका प्रशिक्षक एवं कर्मचारीलाई समेत कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।

उनका अनुसार पहिलो दीनमा आइतबार भलिवलकी राष्ट्रिय खेलाडी (कप्तान) अरुणा शाही, प्रतिभा मालि, फुटवलका विराज महर्जन लगायतका करिब २ सय ५० जनालाई कोरोना बिरुद्धको खोप लगाइएको श्रेष्ठले जनाए ।

बागमती प्रदेश सहित देशका ७ वटै प्रदेशको लागि नेपाल सरकार समक्ष ५ हजार खोपको माग गरिएको महासंघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए । महासंघले देशका अन्य प्रदेशमा पनि बागमती प्रदेश पछि जाने तयारी गरेको छ ।

Related posts