ताजा खबर

करिब दुई साता पछि दुई मन्त्रालय बाडफाँड

समाचारकक्ष
पोखरा १३, असार

नेपाली कांग्रेस नेतृत्वको गठवन्दन सरकारले करिब दुई साता पछि दुई वटा मन्त्रालयको जिम्मेवार बाडफाँड गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसबाट विना विभागिय मन्त्री बनेका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन भने माओवादीकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

????????????????????????????????????

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले खड्का र अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको जारी गरेको प्रेस जिज्ञेप्तिमा उल्लेख गरिएको छ । साथै दुबै मन्त्रीले आइतबार आफ्नो मन्त्रालयको कार्यभार सम्हालेका छन्।

स्वतन्त्र सांसदका विना विभागिय मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र जसपाका हरिशरण आचार्यले भौतिक पूवार्धार मन्त्रालय पाउनु पर्ने अडान राखदै आए पछि मन्त्रालय बाडफाँडमा ढिलाई हुदै आएको श्रोतको दाबी छ । माओबादी केन्द्रले भने गठबन्दनमा कांगेंस पछि दोश्रो ठुलो दल भएको नाताले पहिले देखि नै भौतिक पूर्वाधार मन्त्रालय माग गर्दै आएको थियो ।

ख्यमन्त्री पोखरेलले चार जना मन्त्रीलाई मात्र भएपनि विना विभागीय मन्त्रीको जिम्मा दियर आफैले बजेट प्रस्तुतः गरेका थिए । कांग्रेसका मन्त्री खड्काले अर्थ मन्त्रालय सम्हाल्न खोजेको श्रोतको दाबी छ । विना विभागिय मन्त्री आचार्य र मनाङेले भने मन्त्रालयको जिम्मा पाएका छैनन्। आन्तरिक रुपमा मन्त्रालय बाडफाँड टुंगाउन नसके पछि मुख्यमन्त्री पोखरेल सहितको टिम केही दिन अघि काठमाण्डौं गएको थियो ।

Related posts