ताजा खबर

ओलम्पिकका लागि वाइल्ड कार्डको पर्खामा रहेका खेलाडीलाई राखेप सदस्यद्धारा ट्याकसुट  सहयोग

समाचारकक्ष
पोखरा १२, असार

ओलम्पिकका लागि वाइल्ड कार्डको पर्खामा पोखरामा प्रशिक्षण गरेका आर्चरीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले ट्याकसुट सहयोग हस्तान्तरण गरेका छन्।

१३ औं साग तथा आठौं राष्ट्रिय खेलकुदका पदकधारी खेलाडी तिलक पुन मगर र ज्ञानु अवालेलाई राखेप सदस्य गुरुङले व्यक्तिगत रुपमा ट्याकसुट सहयोग गरेका हुन्। खेलाडीहरुको हौसला स्वरुप आफुले सानो मायाको चिनो प्रदान गरेको गुरुङले बताए ।
नवौं राराष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्वर्णपदक ल्याउने गरी आन्तरिक तयारीमा जुट्न समेत गुरुङले प्रशिक्षक कृष्ण माया स्याङतानलाई आग्रह गरे ।

विभिन्न व्यक्तिको सानो सहयोगले खेलाडीहरुलाई ठुलो हौसला हुने भएको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । केही समय देखि पोखरामा प्रशिक्षणमा रहेका दुई खेलाडी सहित प्रशिक्षक शनिबार काठमाण्डौं प्रस्थान गरेको उनले जनाए ।

 

 

Related posts