
डि.एन.बी.
पोखरा १०, असार
पोखरामा आकासे पुल निर्माणको अन्तिम चरणको काम सकिन नपाउदै पुलमा टिकटक बनाउनेको भिडभाड सुरु भएको छ । पोखराको सृजनाचोकमा हाल निर्माण हुदै गरेको आकासे पुलको अन्तिम चरणको काम जारी रहदा टिकटक बनाउनेहरुको थेगि नसक्नु भिडभाड सुरु भएको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले एटुजेटलार्इं बताए ।
कोरोनाले गर्दा हाल पोखरा क्षेत्रमा निषेधाज्ञा भएकोले गर्दा पनि पुलमा आएका मानिसहरुलाई प्रहरीले भिडभाड नगर्न चेतावनी दिदै आएको छ । उनका अनुसार उक्त पुलको माथिल्लो भागमा छानो हाल्न र रंग रोगन गर्न मात्र बाँकी रहेको छ ।
चारै तर्फ बाटो रहेको उक्त पुल निर्माण भएपछि व्यस्त रहने सृजनाचोकमा बाटो काट्दा सडकमा हुन सक्ने सवारी दुर्घटनालाई समेत यसले केही हदसम्म कम गराउन मद्ध्न पुग्ने उनले विश्वास व्यक्त गरे । स्व.पर्यटन मन्त्री रविन्द्र अधिकारीले सांसद विकास कोषको ५० लाख रुपैया लगानी भएको हो भने बाँकी रकम करिब २ करोड पोखरा महानगरपालिकाले लगानी गरेको अध्यक्ष बरालले एटुजेटलार्इं जनाए । के.एम.जे.बि.एन.एस.पोखरा जे.भि, पोखरा (१७ ले उक्त परिजोजनाको जिम्मा लिए पनि प्राविधिक कारणले गर्दा उत्तः परियोजना निर्धारित समय भन्दा केही ढिलो गरी सम्पन्न गर्ने भएको हो । २०७६ जेठ २७ गते महानगरले १५ महिनामा सकिने गरी उक्त कम्पनीसंग सम्झौता गरेको थियो । पोखरामा स्मार्ट सिटिको अभियान अन्तर्गत उक्त संरचना पनि एक भएको पोखराका मेयर मानबहादुर जिसीले बताउदै आएएका छन्।
पोखरामा ट्राफिक जामलाई मध्यनजर गदै महानगरपालिकाले सृजनाचोकमा पोखराकै पहिलो आकाशेपुल निर्माण गरेसंगै आवश्यकताको आधारमा अन्य ठाँउमा समत आकासे पुल निमार्ण गरिने भएको मेयर जिसीले बताए । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड जाने, सभागृहचोक तथा पृथ्बीचोक, राष्ट्रबैंक तथा सिद्धार्थचोक जाने बाटोमा पोखराको पहिलो आकासे पुल निर्माण भएको हो ।