डि.एन.बी.
पोखरा ९, असार
विश्व ओलम्पिक दिवसको अवसरमा बुधबार पोखराको पश्चिम पृतना हेडक्वाटरमा मैत्रिपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । पृतनामको फुटवल मैदानमा भएको मैत्रिपूर्ण फुटवल खेलमा बी पहेलो समुहले ए रातो समुहलाई ४—२ को गोल अन्तरले पराजित गर्दै विजेता पहेलो समुहले खसि उपहार प्राप्त गरेको हो ।
खेलको अधिकांश समय आफ्नो कब्जामा पार्न सफल भएको रातो समुहले अन्तिम १० मिनेटमा सम्हालिन नसक्दा लगातार दुई गोल खादै पराजित हुनु परेको थियो । विजयी खेलाडीहरुको टोलीलाई पश्चिम पृतनाका पृतनापति विनयबिक्रम राणा, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, स्पोर्टस फर अल कमिसन गण्डकीका संयोजक खड्ग बहादुर रानाभाट लगायतले प्रमाणपत्र सहित पुरस्कार वितरण गरे।
खेलकुद नियमित हुनु पर्ने मान्यताका साथ आफुहरुले ओलम्पिक दिवसको अवसरमा मैत्रिपूर्ण फुटवल खेलको आयोजना गरिएको पृतनापति राणाले बताए । विश्व ओलम्पिक दिवसको अवसरमा प्रदेशका विभिन्न जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गर्दै खेल गतिविधि सुरु गरिएको सदस्य सचिव गुरुङले जनाए ।