ताजा खबर

बिनित जोजिजुको बन डढेको गीत भर्चुअल मार्फत सार्बजनिक

समाचारकक्ष
पोखरा ९, असार

पोखराका गायक विनित बिनित जोजिजुको बन डढेको गीत भर्चुअल मार्फत सार्बजनिक गरिएको छ । जोजिजु म्युजिक सेन्टर एन्ड म्युजिक स्कुल रानीपौवा पोखरा आयोजना भएको अनलाईन भर्चुअल जुम मीटिङ मार्फत उक्त गीत सार्वजनिक साहित्य तथा गीतकार सरुभक्त श्रेष्ठले गरे ।

बिश्व सङ्गीत दिबसको अवसर (सोमबार) बिगत २०६० साल बाट सङ्गीत क्षेत्रमा विशेष योगदान पुर्यौउदै आएका जोजिजूको गीत सार्वजनिक गर्दै सरुक्तले देशको समय परिस्थिती अनुसार श्रष्ठले आफ्नो भुमिमा निर्वाह गर्न सक्नु पर्ने बताए ।

गायक सङ्गीतकार तथा म्युजिक स्कुलको निर्देशक बिनित जोजिजुको स्वर , राकेश अप्जसी को सङ्गीत बरिस्ठ साहित्य तथा गीतकार सरुभक्त श्रेष्ठ को रचना रहेको गीत बन डढेको देखिन्छ हजुर मन डढेको देखिन्न गीत लाई जोजिजु म्युजिक सेन्टर को युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । कार्यक्रममा गीत तथा साहित्य कार सरु भक्त श्रेष्ठ, झिगुभाय झिगु सस्कृती पुचः को अध्यक्ष सङ्गीत तथा सस्कृति कर्मी कृष्ण बहादुर श्रेष्ठ , नेवाः ल्याम्ह पुचः कास्कीका अध्यक्ष मधुसूदन जोशी ,संचारकर्मी खिमा गुरुङ जोजिजु म्युजिक स्कुलका ड्रमसेट प्रशिक्षक बिशाल प्रतेल गायक सङ्गीत कर्मी स्कुलका निर्देशक बिनित जोजिजु लगायत ले शुभकामना सहित बिश्व सङ्गीत दिबस को बारे चर्चा गरेका थिए ।

कार्यक्रममा म्युजिक स्कुल प्रशिक्षार्थी तथा कलाकार पुकार सिंह ठकुरी , शोभा गुरुङ , एसस्बी भोछिभोया , चार वार्षिय बाल कलाकार गायिका उत्प्रेरणा जोजिजु , बिनित जोजिजु लगायत गायन प्रस्तुति राखेको थिए । २ बर्ष को उमेरमा ड्रम सेट बजाएर बिश्व कृतिमान कायम गर्न सफल बाल प्रतिभा तथा बाल गायक उत्प्रेम जोजिजु ले ड्रमसेट र म्युजिक स्कुलको ब्यबस्थापक तथा प्रशिक्षक सानू जोजिजु ले कार्यक्रम संचालन का साथै भ्वाइलिन बजाएर बिश्व सङ्गीत दिबस (२०७८ सफल पार्न महत्त्व पुर्ण भुमिका खेलेको जोजिजूले जनाए ।

Related posts