हेमजा, ७ असार
कोरोना महामारी नियन्त्रण समन्वय समिति पोखरा २५ हेमजाले एक कार्यक्रमका बिच कोरोना नियन्त्रणमा सहयोग पु¥याउने डाक्टरलाई सम्मान गरियो । कार्यक्रममा डा बिसाल मरासेनी, डा बिपलप अधिकारी, डा बिपिन पराजुली, डा अबिशेक चौदरी र नर्स सलिना पौडेललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
पोखरा महानगरपालिका वडा न. २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहाकार कमलजगं कुवँर, समाजसेबी दान ब. थापा र शान्ता के.सीले आफनो भनाइ राखेका थिए । कायक्रममा सदस्य बिजय पौडेलले समिती १२३ घरमा पुगेको बताउदै एक हजार भन्दा बद्धिलाई पि.सि. आर परिक्षण गरिएको बताए । हेमजामा कोरोना पुष्टि भएका मध्य १२ जना सकृय रहेको हेमजा स्वस्थ्य चौकीका प्रमुख खेम गुरुङले बताए ।
समितीका कोषाध्यक्ष रमा त्रिपाठीले अहिलेसिम्म भएको आथिक गतिबिधि प्रस्तुत गरिन । उक्त अबसरमा हेमजामा रहका स्वस्थ्य स्वयम सेबिकालाई स्वस्थ्य सामाग्रि बितरण गरिएको थियो । समितीका संयोजक मोतिराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहसंयोजक कृष्णप्रसाद पौडेल र सञ्चालन सचिब चिरनजिबी अधिकारीले गरेका थिए ।