
डि.एन.बी.
पोखरा ७, असार
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ नेतृत्वको एक टोलीले सोमबार मनाङको नासो गाउँपालिका १ स्थित नासो ताल क्षेत्रका बाढी प्रभावितहरुको उद्धार र राहात वितरण गरेको छ । शुक्रबार उक्त क्षेत्रमा व्यक्तिगत खर्चमा हेलिकोप्टर चार्टर गरी केही राहात सामाग्री सहित त्यहाँको बस्तु स्थिती बुझ्न पुगेका सदस्य गुरुङले पुन सोमबार विभिन्न व्यक्ति एवं संस्थाको सहकार्यमा २ फ्लाईट हेलिकोप्टरमा नासो बासीको लागि राहात उपलब्ध गराएसंगै ५ जनाको उद्धार समेत गरेका छन्।
गुरुङको नेतृत्वमा पोखरामा संकलन भएको करिब एक लाख ५० लाख मुल्य बराबरको त्रिपाल, म्याट, खाद्य सामान लगायतको बस्तु सोमबार सिम्रिक एयरको हेलिकोप्टरमा चार्टर गरी नासो पु¥याएर वितरण गरिएको गुरुङले जनाए ।
जीतमाया गुरुङ, राम घले, अनिसा घले सुमिन घले र तील बहादुर गुरुङलाई नासोबाट हेलिकोप्टर मार्फत उद्धार गरिएको उनले जनाए । २ फ्लाइटको हेलिकोप्टर चार्टरको आर्थिक व्ययभार राखेप सदस्य गुरुङ, मनकामना केवलकार दर्शन प्रा.लि.का संचालक राजबाबु श्रेष्ठ, सिम्रिक एयरका संचालक रामेश्वर थापा लगायतले व्यबस्थापन गरेका हुन् ।
पुर्व शसस्त्र प्रहरी महानिरिक्षक(आईजिपी) स्वा.सहविर थापाको परिवारबाट धर्मपत्नी कल्पना थापा, छोराहरु आसिस थापा, अविसेक थापाबाट ५० हाजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध भएको गुरुङले जनाए । त्यसै गरी पोखराका युवा व्यवसायी दीपक बरालले आफ्ना बाबु सोमनाथ बरालको स्मृतिमा ५० हजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध गराएकाछन भने पोखरा लालीगुराँस निवासी भरत बरालले २५ हजार मुल्य बराबरको खाद्य सामाग्री, त
ेज बहादुर गुरुङबाट १० हजार उपलब्ध गराएको सदस्य गुरुङले जनाए ।
यसैबिच, नासोतालमा जिल्ला प्रशासन कार्यालय मनाङले केही व्यक्तिलाई उक्त स्थानबाट उद्धार गरेको छ भने केही खाद्य सामाग्री समेत वितरण गरेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताइन्। मनाङका धेरै ठाँउमा बाढीको प्रभाव परेकाले व्यबस्थापन गर्न कठिन भएको उनले बताइन्। नासोमा ६२ घर धुरी रहेका छन जस मध्य अधिकांश घर बाढीको डुबानमा परेका हुन्। नासो ताल क्षेत्रमा करिब ३ सय जना व्यत्तिहरु रहेका छन्।