समाचारकक्ष
पोखरा ६, असार
पोखरा १४ स्थित सेतीदोभान नमुनाटोल निवासि ३५ बर्षीया बिष्णु परियारलाई काठमाण्डौं निवासी सामाजिक अभियान्ता शान्त शर्माले खाद्य सामाग्री सहयोग गरेका छन्।
परियारको घरमा खाद्य सामाग्री अभाव भएको कुरा उनका आफन्तले वोधि सत्वा विहारका शर्मालाई जानकारी गराएसंगै शर्माले १५ दिनलाई पुग्ने चामल, तेल, दाल र नुन सहयोग गरेका हुन्। पोखराका पत्रकार दीननाथ बराल, पोखरा रामबजार निवासी देवि प्रसाद उपाध्याय सहितको टोलीले उनको घरमै पुगेर खाद्य सामाग्री आइतबार वितरण गरेको हो ।
विगत ७ महिना अघि श्रीमान गुमाएकी परिवारको घरमा हाल १ छोरी सहित ८ जना अर्कोेको घरमा मजदुरी गर्दैै आएका छन्। हाल कोरोनाको कारण मजदुरी गर्न नपाएर खाद्य सामाग्री अभाव भएको बिष्णु परियारले गुनासो गरिन्। काठमाण्डौंबाट आफ्नो लागि राहत प्रदान गर्ने शर्मालाई उनले धन्यवाद समेत दिएकी छन्।