ताजा खबर

पोखराको सेदीबगर देखि सराङकोटमा अब केवलकारबाट ८ मिनेटमै पुगिने

डि.एन.बी.
पोखरा, ५, असार

पोखराको लेकसाइडको सेदीबगर देखि सराङकोट डाँडासम्म जानको लागि अब
केवलकारबाट ८ मिनेटमै पुगिने भएको छ । अन्नपुर्ण केलवकार प्रा.लि.ले
पोखरामा केवलकार निर्माण कार्य सकेसंगै अब केही समयमै ८ मिनेटमै सेदीबगर
देखि सराङकोट पुग्न सकिने भएको अन्नपूर्ण केवलकारका संचालक निर्देशक मध्यका
एक तिर्थराज त्रिपाठीले बताए ।

नेपालीहरुको हकमा जान र आउनको लागि ६ सय र विदेशको हकमा ८ सय र ज्येष्ठ
नागरिक, स्थानिय लगायतका व्यक्तिहरुलाई २० देखि २५ प्रतिशत छुटको व्यबस्था
गरिने भएको त्रिपाठीले बताए । कोरोना शंक्रमणको अबस्था सामान्य भएसंगै
केवलकार परिक्षण गरेर आफुहरुले जति सक्दो छिटो व्यवसायीक रुपमा केवलकार
संचालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।

कोरोना कालमै आफुहरुले पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा केवलकार
निर्माणको कार्य सम्पन्न गरेको निर्देशक त्रिपाठीले जनाए । केवलकारको लागि
हाल १८ वटा गुण्डला (डिब्बा) सहित लठ्ठो(डोरी) समेत टाँगेर तयारी अबस्थामा
राखिएको उनले जनाए ।

उक्त केवलकारमा एकल र डवल गरी हाल १८ वटा टावर जडान भएको छ । केही दिन
अघि केवलकारको लठ्ठो दुई मिनेट चलायर समेत परिक्षण गरिसकेको त्रिपाठीले
बताए । उनले भने “कोरोनाको अबस्था सामान्य भएसंगै हामीले जापानबाट
प्राविधिकहरु झिकायर परिक्षण गर्ने छौं तत्पश्चात हामी अब व्यवसायीक रुपमै
जाने तयारी गरेका छौं । ”

पोखराका युवा व्यवसायी कालु गुरुङ सहितको टोलीले पोखरामा करिब डेढ
बर्षमा निर्माण कार्य सकिने भनि उक्त केवलकारको शिलान्यास गरे पनि ४ बर्ष
भन्दा बढी समय लागेको हो । केवलकारको स्टेशन भवनको संरचना बनावटमा
परिवर्तन हुनु, जग्गा बिबाद त कहिले प्राविधिक दक्ष कर्मचारी र कहिले वोल्ट
हराउने लगायका समस्याले गर्दा निर्माण कार्य ढिलाई हुदा उक्त प्रोजेक्टको
लगानी हाल दोब्बरले बृद्धि भएको निर्देशक त्रिपाठीले बताए ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम
दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रति घण्टा १ हजार ५ सय जनालाई
सेवा दिन सक्ने क्षेमताको केवलकार निर्माण भएको े जनाए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० देखि ४० मिनेट लाग्छ ।

Related posts