
डि.एन.बी.
पोखरा ५, असार
पोखरा ३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले पोखराको गण्डकी मेडिकल कलेज
(जि.एम.सी.) कोभिड उपचार केन्द्रमा सुरु गरेको निःशुल्क खाना खुवाउन
अभियानमा बतास फाउण्डेसनले एक लाख रुपैया सहयोग गरेको छ ।
फाउण्डेसनका अध्यक्ष एवं युवा व्यवसायी आनन्दराज बतासले एक लाख रुपैया
क्लवलाई निःशुल्क खाना खुवाउने अभियानको लागि सहयोग गरेको क्लवका अध्यक्ष
राजन श्रेष्ठले बताए । क्लवले शनिबारसम्म ११ औं दिन बिहान तथा बेलुका
जि.एम.सी.मा निशुल्क खाना खुवाउदै आएको क्लवले जनाएको छ । क्लवले विगत ९
दिन देखि अस्पतालका स्वास्थ्यकर्मी केन्द्रित गरी खाजा समेत वितरण गर्दै आएको
अध्यक्ष श्रेष्ठले जनाए । मेक अ चेन्ज नेपालको सहकार्यमा आफुहरुले खानाको
साथमा विहान र दिउँसो खाजाको समेत व्यबस्था गरिएको उनले जनाए ।
अध्यक्ष श्रेष्ठले भने “मन्दिरमा ढुङ्गा र मुर्ति मा भगवान हुन्छन भने अहिलेको
महामारीमा भगवान स्वास्थकर्मीको रुपमा हस्पिटलमा भेटिन्छन त्यसैले आफ्नो इच्छा
अनुसार दान हस्पिटलको सेवा सुबिधा स्तरोन्तरीका लागि पनि गर्नुपर्छ भन्ने
अवधारणाका साथ ’डिजिटल दान’ का लागि बार कोड सहित हस्पिटल प्राङ्गणमा
राखेका छौं । ”
तेर्सापट्टी बुहारी समुहको सहकार्यमा नेवाः छे भवनमा खाना तयार पारेर विभिन्न
दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउदै आएको छ ।
क्लवले सम्भवत असार ७ गते देखि निःशुल्क खाना खुवाउने अभियान स्थगित गर्ने
भएको छ । प्रशासनले खाना खुवाउदा भिडभाड भएको भन्दै खाना खुवाउने अभियान
स्थगन गर्न दिएको निर्देशन अनुसार असार
गते देखि स्थगित गर्ने भएको क्लवले
जनाएको छ ।