ताजा खबर

मनाङ नासोवासीलाई राहात उपलब्ध गराउन राखेप सदस्य गुरुङ जुट्दै

डि.एन.बी.
पोखरा ५, असार

मनाङको नासो गाउँपालिका १ स्थित नासो ताल क्षेत्रका बाढी प्रभावितको लागि
पोखरामा राहात संकलन अभियान सुरु भएको छ । शुक्रबार उक्त क्षेत्रमा व्यक्तिगत
खर्चमा हेलिकोप्टर चार्टर गरी केही राहात सामाग्री सहित त्यहाँको बस्तु स्थिती
बुझ्न पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले नासो
बासीको लागि पोखरामा राहात संकलन गर्न सुरु गरेका हुन्।

१ लाख २५ हजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट हालसम्म करिब १ लाख २५ हजार मुल्य बराबरको
खाद्य सामाग्री उपलब्ध भएको सदस्य गुरुङले बताए । पुर्व शसस्त्र प्रहरी
महानिरिक्षक(आईजिपी) स्वा.सहविर थापाको परिवारबाट धर्मपत्नी कल्पना थापा,
छोराहरु आसिस थापा, अविसेक थापाबाट ५० हाजार मुल्य बराबरको खाद्य सामाग्री
उपलब्ध भएको उनले जनाए ।

त्यसै गरी पोखराका युवा व्यवसायी दीपक बरालले
आफ्ना बाबु सोमनाथ बरालको स्मृतिमा ५० हजार मुल्य बराबरको खाद्य सामाग्री
उपलब्ध गराएकाछन भने पोखरा लालीगुराँस निवासी भरत बरालले २५ हजार मुल्य
बराबरको खाद्य सामाग्री उपलब्ध गराएको सदस्य गुरुङले जनाए ।

यसैबिच, नासोतालमा जिल्ला प्रशासन कार्यालय मनाङले केही व्यक्तिलाई उक्त
स्थानबाट उद्धार गरेको छ भने केही खाद्य सामाग्री समेत वितरण गरेको मनाङका
सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताइन्। मनाङका धेरै ठाँउमा
बाढीको प्रभाव परेकाले व्यबस्थापन गर्न कठिन भएको उनले बताइन्। नासोमा ६२
घर धुरी रहेका छन जस मध्य अधिकांश घर बाढीको डुबानमा परेका हुन्।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *