ताजा खबर

युवा संघद्धारा अपाङग, असहाय परिवारलाई खाद्यान्न वितरण

गण्डकी, ४ असार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन युवा संघ नेपाल पोखरा १७ द्धारा वडाका बिभिन्न तीन परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस सङक्रमण रोकथामका लागि लामो समयदेखि गरिएको निषेधाज्ञाको कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने समाजका असहाय एवम् विपन्न परिवारलाई २२ हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको हो ।
रोग भन्दा, भोकसंग लड्दै आएका पोखरा १७ रातोपैह्राका अपाङगता भएका १८ बर्षीय पुर्ण थापामगरको सात जना परिवारको लागि नौ हजार र सोही स्थानका १६ बर्षीय अपाङग सुजन नेपालीको परिवारलाई छ हजार बराबरको खाद्यान्न सामग्री उपलव्ध गराएको संघका अध्यक्ष सिविद्र भण्डारीले जानकारी दिनुभयो ।

मुस्ताङचोकस्थित चुलो तात्न कठिनाई परेको एकल महिला सेतु सुनारको परिवारलाई सात हजार मुल्य बरावरको चामल, दाल, तेल, नून, चिउरा, सावुन लगायत विभिन्न सरसफाईका सामग्री समेत वितरण गरिएको उहाँको भनाई छ । आम्दानी नभएपछि छिमेकीको सहयोगमा भोकसंग लडदै आएको पाँच जनाको सो परिवारलाई एक महिनाको लागि आवश्यक खाद्यान्न सामग्री प्रदान गरिएको संघका कोषाध्यक्ष राजु सुनार बताउनु हुन्छ ।

लामो समयसम्मको निषेधाज्ञाको कारण रोजगारी गुमाएर अप्ठेरोमा परेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएसंगै संघमा आवद्ध युवाहरुको सकृयतामा संकलन गरिएको रकमबाट खाद्यान्न खरिद गरि सहयोग गरिएको बताउँदै उहाँले सुचना पाएसम्म निम्न लागेको चुलो बाल्न पहल गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । खाद्यान्न बोकेर घरमा पुगेर राहत वितरण गरिएको कार्यक्रममा नेकपा (एमाले) पोखरा १७ का अध्यक्ष सुभाष ढुङगाना, युवा संघका पदाधिकारी, अनेमसंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Related posts