ताजा खबर

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारीमा

डि.एन.बी.
पोखरा २, असार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री पोखरेलले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता गराएकोे गण्डकी प्रदेशका विना विभागिय मन्त्री हरिशरण आचार्यले हामीलाई बताए ।

एक स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) सहित चारको गठबन्दन सरकारले सरकार गठन भएको एक हप्ता भित्रै विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र थप मन्त्री परिषद् विस्तार गर्ने रणनितीक योजना रहेको श्रोतको दाबी छ । प्रदेश सभामा सम्भवत यही असार ४ गते मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्ने नियम अनुसार मुख्यमन्त्री पोखरेलले मंगलबार आउदो बर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुतः गरेसंगै उनले संसदमा विश्वासको मत लिने बिषयमा जानकारी समेत गराएको मन्त्री आचार्यले जनाए ।

जनता समाजवादी पार्टीले पहिलो प्रथामिकतामा अर्थ त्यस पछिको भौतिक पूर्वाधार मन्त्रालय पाउनु पर्ने दाबी गर्दै आएको छ भने भौतिक पुर्वाधार मन्त्रालय भने माओबादी केन्द्रलाई दिने एक सहमति भए पनि पछिल्लो क्रममा स्वतन्त्र सांसद मनाङेले पूर्वाधार मन्त्रालय समेत माग गरेकोले मन्त्रालय व्यबस्थापनमा कठिन भएको श्रोतको दाबी छ । कांगेस संसदीय दलका नेता पोखरेल नेतृत्वमा गठन भएको नयाँ सरकारले जसपालाई २, एक स्वतन्त्र, माओबादी केन्द्रलाई र कांग्रेसलाई गरी ११ मन्त्रालयमै सन्तुलन मिलाउने प्रयास भएको बताइएको छ । जनमोर्चाका तीन सांसद मध्य दुई सांसद गठबन्दनमा समर्थन गर्दै आएका छन भने एक सांसद कृष्ण थापा सर्वेच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको छ ।

जनमोर्चा भने हाल सरकार नजाने केन्द्रको निर्णय बमोजिम आफुहरु सक्ताधारी गठवन्दनलाई समर्थन गर्ने भएको जनमोर्चाको धारण रहेको छ । यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आफुहरु देशको असहज परिस्थितीमा आफ्नो उपस्थिती रहेकोले पहिला विश्वासको मत लियर अघि बढुन काम सहज हुने भएकोले बजेट पछि विश्वासको मत लियर मात्र अघि बढ्न चाहेको जनाए ।

उनले देशका धेरै ठाँउमा विगत दुई दिन देखि अविरल रुपमा परेको पानीले गर्दा धेरै ठाँउमा असर पुगेकोमा भोलि हुने जोखिमलाई न्यूनिकरुण गर्न समयमै विपद् व्यबस्थापन गर्न प्रदेशका ११ व
टै जिल्लाका प्रमुख जिज्ला अधिकारी, प्रहरी प्रमुख, रेडक्रस लगायतका संघ संस्था र जनप्रनिनिधिहरुलाई अलट रहन आग्रह गरेका छन्। मनाङमा बाढी र पहिरोले क्षेति पुगेकोले आफुहरु चाहेर पनि प्रतिकुल मौसमका कारण जान नसकेको मौसमले साथ दिन साथ राहात लियर जाने तयारी भएको पोखरेलले जनाए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *