ताजा खबर

खहरे खोलाले बगायर कास्की माछापुच्छ«ेको टुसेमा एक महिलाको मृत्यु , सांसद बरालद्धारा दुःख व्यक्त

डि.एन.बी.

पोखरा २, असार

कास्कीको माछापुच्छे गाउँपालिका १ स्थित उपल्लोघाचोक (चुसे) मा खहरे खोलाले बगाउदा एक स्थानिय महिलाको मृत्यु भएको छ । मंगलबार बिहानै देखि अविरल रुपमा परेको पानीको कारण टुसेमा खहरेखोलाले बगाउदा स्थानिय ४८ बर्षीया लिला विक (परियार) को मंगलबार बेलुका मृत्यु भएको माछापुच्छे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र गुरुङले बताए ।

मंगलबार बेलुका करिब ७ः०० खहरेखोलाले बगायर करिब २० मिटर तल्ल पुराएको अबस्थामा स्थानियले देखे पछि उनलाई उद्धार गरे पनि उनको भने मुत्यु भई सकेको अबस्थामा खोलाबाट निकालिएको स्थानियले जनाए । विपन्न परिवारकी एवं स्थानिय कटुवालको रुपमा काम गर्दै आएकी थिइन्।

यसैबिच, कास्कीको माछापुच्छ«े गाउँपालिका उपल्लोघाचोक (चुसे) मा खहरे खोलाले बगायर स्थानिय ४८ बर्षीया लिला विक (परियार) को निधनको घटनाले आफु निकै दुखि भएको गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल जीवनले बताए । आफ्नो घर नजिकै खहरेखोलाले बगायर निधनको घटनाले आफु निकै मर्माहित भएको बताएका सांसद बरालले उनको मृतआत्मको चिर शान्तिको कामना सहित परिवारजनामा हार्दिक समवेदन समेत व्यत्त गरेका छन्। गरिव तथा विपन्न परिवारकी विकको परिवारलाई उचित राहात उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गर्दै बर्षादको समयमा सचेत र सम्पूर्ण जनतामा सजगत हुन सांसद बरालले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरेका छन्।

कास्की प्रहरीले उनको शवको मुचुल्का गरी उनका आफन्तलाई समेत बुझाएको छ । उक्त ठाँउमा केही बर्ष अघि समेत खहरेखोलाले बगायर एक जानको मृत्यु भएको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले बताए । अध्यक्ष गुरुङ सहित वडा अध्यक्ष गुरुङले समेत उनको निधनको घटनाले आफुहरु समेत निकै दुःख लागेको बताए ।

 

 

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *