
डि.एन.बी.
पोखरा १, असार । गएराति देखि अविरल रुपमा परेको पानीले गर्दा कास्कीको मादी गाउँपालिका ४ मा निर्माण हुदै गरेको सुपर मादी हाइड्रोपावरमा क्षेति पुगेको छ । बर्षादका कारण मादी नदीमा लेदो सहितको ठुलो बाढी एवं पहिरो आउदा सुपर मादीमा क्षेति पुगेको सुपर मादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।
करिब १८ बर्ष पछि पहिलो पटक ठुलो बाढी आउदा सुपर मादी हाइड्रापावरमा क्षेति भएसंगै मादी नदीका छेउछाउका बस्ती समेत जोखिममा परेको उनले जनाए । आफुहरुको पहिलो प्रथामिकता भने मानव बस्ती बचाउने तफै हाल केन्द्रित भएको ढुंगानाले बताए । पूर्व सावधानि अपनाएको कारण हालसम्म मानविय क्षेती भने नभएको उनले जनाए । उनले भने “ हिजो सोमबार राति देखि अविरल रुपमा आज मंगलबार दिन भरी पानी परी रहेको छ, अहिले तपाईसंग कुराकानी गर्दै पनि पानीको कुनै वाहव घटेको छैन, हाम्रो शत्ति हाल मानव सुरक्षामै केन्द्रित भएका छौं । ”
अन्नपूणर्न २ र लमजुङ हिमाल देखि आएको बाढी पहिरोले हाइड्रोपावरमा रहेका २ वटा स्का भेटर, एउटा टिप्पर, एउटा क्रसर मेसिन, एउटा ट्रासफर्मर, ढुंगा गिटी र वालुवा तथा रड लगायतका निर्माण सामाग्री बगाएको ढुंगानाले हामीलाई बताए । माथिबाट लेदो सहित पानीको ठुलो वाहव निरन्तर आएकोले विभिन्न ठाँउमा पहिरो गएको हुन सक्ने उनले जनाए । प्रारम्भिक अध्ययन अनुसार हालसम्म बाढीको कारण करिब २० करोड मुल्य बराबरको क्षेति पुगेको उनले दाबी गरे । उक्त हाइड्रोपावरको फाउण्डेसनको करिब ८० निर्माण कार्य सकिएको बताएका उनले यस बर्षको बाढीले केही असर पुराएकोले निर्माण कार्यमा केही ढिलाई
हुने आशंका व्यक्त गरे । ४४ मेगावाट क्षमताको सुपर मादीमा ७ अर्ब ५० करोड लगानी हुदै छ ।