
डि.एन.बी.
पाखरा ३०, जेठ
पोखरा स्थित नेलम्बो नेपालले जनआन्दोलनका घाइते देखि वडा स्वास्थ्य चौकीसम्म करिब एक लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गरेकोे छ । नेलम्बो नेपालले कोरोना रोकथाम र यसको व्यबस्थापनमा आफ्नो क्षेत्रबाट थोरै भएपनि सहयोग पुग्ने उद्धेश्यले पछिल्लो समयमा कास्की र स्याङजामा गरी करिब एक लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष एकदेव देवकोटाले बताए ।
२०६२÷०६३ का जनआन्दोलन घाइते उमनाथ शर्मालाई नेलम्बोले औषधीको साथमा खाद्य सामाग्री सहयोग गरेको छ । पर्वत महाशिला गाउँपालिका ५ घर भई हाल पोखराको सिमलचौर अस्थायि रुपमा बसोबास गर्दै आएका शर्मालाई कोरोनाले गर्दा हाल जीवन यापन गर्न कठिन भएकोले नेलम्बो नेपालले करिब एक महिनामालाई पुग्ने औषधी, खाद्य सामाग्री गरी ४ हजार ३ सय ८८ रुपैया बराबरको सहयोग गरेको अध्यक्ष देवकोटाले बताए ।
त्यसै गरी नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नम्बर १ को कार्यालयलाई २० हजार ७ सय ३२ रुपैया बराबरीका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । त्यसै गरी नेलम्बो नेपालले पोखरा १ को वडा कार्यालयमा रहेको शहरी स्वास्थ्य केन्द्रलाई २८ हजार ३ सय १२ रुपैया मुल्य बराबरको आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
स्याङजाको गल्याङ नगरपालिका ६ मा बसोवास गर्ने करिब ४ हजार जनसङख्यालाई लक्षित गरी पोखरामा रहेको चिल्ड्रेन फेवफियर सिमि नेपाल (सिडव्लुएसएन) लाई ४९ हजार ४० रुपैया मुल्य बराबरको स्वास्थ्य सहयोग हस्तान्तरण गरिएको नेलम्बो नेपालले जनाएको छ । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको देवकोटाले जनाए ।