
डि.एन.बी.
पोखरा २९, जेठ
गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले गठबन्दन नेतृत्वका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले बताए ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले मात्र ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञेप्तिमा उल्लेख गरिएको छ । तर प्रदेश प्रमुखको कार्यालयले भने पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरेको छ । मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
नयाँ सरकार बन्नको प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो ३ः०० बजेसम्मको लागि (२४ घण्टाको) समय सिमा दिए पनि ३१ सांसदको दाबी पेश गरेको कांगेस नेतृत्वको गठबन्दनलाई कुनै जानकारी नगराए पछि सोधपुछ गर्न प्रदेश कार्यालयको निवासमा सांसदहरु पुगेका हुन्। गठबन्दनका ३१ सांसदहरु प्रदेश प्रमुख समक्ष भित्र भेटन जान नदिएसंगै प्रहरीले अबरुद्ध गरेकोले आन्दोलन चर्कीएसंगै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न बाध्य भएको गठबन्दनका एक सांसद कुमार खड्काले बताए ।
नेकपा एमाले संसदीय दलका नेता एवं काम चलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दाबी पेश गरेका थिए । गुरुङले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटीको समर्थनमा आफ्नो दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
प्रदेश प्रमुखको निवासको गेट अगाडी एक स्वतन्त्र सहित ४ दलका ३१ जना सांसद स—सरीर उपस्थित भई प्रदेश प्रमुख समक्ष जान खोज्दा प्रहरीले भित्र जान नदिए पछि विधि र प्रकृया बिरुद्ध सडेन्त्र भएको भन्दै सांसदहरुले गेट अगाडी नै धर्ना दिएसंगै पोखराका विभिन्न क्षेत्रमा सडकमा आन्दोलन चर्र्कीएसंगै करिब दुई घण्टा आन्लोलन चलेसंगै प्रदेश प्रमुखबाट पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्ने पत्र तयारी हुदै गरेको सूचना आएसंगै आन्दोलन स्थगित भएको माओबादी केन्द्रका एक सांसद रामजी प्रसाद बराल जीवनले जनाए । पोखराका केही ठाँउमा केही युवाले टायर वालेर आन्दोलन चर्काएसंगै प्रदेश प्रमुखले बाध्य भयर पोखरेललाई नियुक्त गरेको उनले जनाए । प्रदेश प्रमुख बिरुद्ध केही युृवाहरुले नारा जु्लुस समेत प्रदर्शन गरेका थिए भने पोखराको न्युरोड, सृजनाचोक लगायतका ठाँउमा टायर वालेर आन्दोलन गरेका थिए ।
शनिबार करिब ३ः३० बजेसम्म प्रदेश प्रमुखको कार्यालयबाट गठबन्दनलाई कुनै जानकारी नआएकोले ३१ जना सांसद प्रदेश प्रमुखको निवासमा बुझन आएका थिए । शुक्रबार नै बेलुका स सरीर उपस्थित भई सनाखत समेत गराई नयाँ सरकारको दाबी गरे पनि नयाँ सरकार गठन भने शनिबार ३ः०० बजेसम्मको लागि कुर्न प्रदेश प्रमुखले आग्रह गरेकी थिइन्। गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै केही सांसदहरु असन्तुष्टि भएको श्रोतको दाबी छ । गठबन्दनले कांग्र्रेस १५, माओबादी केन्द्र ११, जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा २ र एक स्वतन्त्र सहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेको थियो ।
पोखरेललाई मुख्यमन्त्रीमा नियुक्तिसंगै प्रदेश प्रमुख सिता कुमारी पौडेलले सपथ ग्रहण समेत गराएकी छन । नयनियुत्त भएका मुख्यमन्त्री पोखरेलले ५ सदस्य मन्त्रि मण्डल शनिबार नै विस्तार गरेका छन्। मुख्यमन्त्री पोखरेलले विना विभागिय मन्त्रीमा स्वतन्त्र सांसद एवं पुर्व युृवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), कांगेसका कुमार खड्का, माआबोदी केन्द्रकी सांसद मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई मन्त्रीमा नियुक्ति गरेका हुन्। गुरुङ मनाङ, अधिकारी लमजुङ, आचार्य गोर्खा, खड्का कास्कीबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरुलाई मुख्यमन्त्रीले सफथ खुवाएका छन्।
निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नयनियुक्त भएका मुख्यमन्त्री पोखरेललाई फोनबाट बदाई दिएका छन्। उनले भने “ केही समय देखि फोन गरेर बधाई दिन खोजेको फोन लागेन यो अर्को मोवाइलबाट फोन गरेको ल तपाइको कार्यकालको सफलताको कामना गर्छु बाकी कुरा पछि गरौंला नी है । ”