ताजा खबर

गण्डकी प्रदेशले शनिबार नयाँ सरकार पाउने, कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठबन्दन सरकार बन्ने

डि.एन.बी.
पोखरा २८, जेठ

गण्डकी प्रदेशले भोलि (शनिबार) नयाँ सरकार प्राप्त गर्ने भएको छ । नयाँ सरकार बन्नको लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले शनिबार दिउँसो ३ः०० बजेसम्मको लागि समय सिमा दिएकोले गठबन्दन समुहले शुक्रबार नै बेलुका आफ्नो दाबी पेश गरे पनि नयाँ सरकार गठन भने शनिबार मात्र हुने भएको प्रस्तावित मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विहिबार सदनबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले २४ घण्टाको समय सिमा राखेर सरकार बनाउन आव्हान गरे पछि आफुहरुले ३१ सांसद नै स—सरीर नै उपस्थित भई सनाखत भएकोले प्रदेशमा भोलि नयाँ सरकार बन्ने भएको नेपालीले दाबी गरेका छन।
कांग्र्रेस १५, माओबादी केन्द्र ११, जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा २ र एक स्वतन्त्र सहित आफुहरुले नयाँ सरकार गठनको लागि विधि र प्रकृया पुरा गरी दाबी पेश गरेको नेता नेपालीले जनाए । हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख सीताकुमार पौडेलले आफूले भोलि (शनिबार) दिउँसो ३ः०० बजेसम्मको समयसीमा तोकेको र कानुन वमोजिम नै जाने बताएकी छन् । आवश्यक अनुसार वोलाउन सक्ने बताउदै उनले संविधान वमोजिम नै काम गर्ने जनाइन्।

हस्ताक्षर नक्कली हो भनेर फेरि सत्ता पक्षकाले दाबी गरे भने त्यसैको प्रमाणका लागि आफुहरुले प्रदेश प्रमुख समक्ष स—सरीर उपस्थित भई सनाखत गरेर दस्तखत गरेको नेपालीले बताए । प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न शुक्रबार ३ः०० बजे नै आह्वान गरेकी थिइन् ।

प्रदेश सभामा विहिबार भएको मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रकृया सुरु भएको हो । मुख्यमन्त्री गुरुङले २७ मत ल्याउँदा विपक्षीले ३० मत प्राप्त गरेका थिए । एक तटस्थ, एक अनुपस्थित भएको प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारी सहित ६० जना सांसद रहेका छन्। शुक्रबार प्रदेश प्रमुखको निवासको गेट अगाडी ठुलो सङख्यामा सुरक्षा व्यबस्था कडा पारिएको थियो भने गठबन्दन सरकारले दाबी पेश गर्दा उनका समर्थन र केही स्थानियको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।

Related posts