डि.एन.बी.
पोखरा २६, जेठ
पोखरा ३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले आज (बुधबार) देखि पोखराको गण्डकी मेडिकल कलेज (जि.एम.सी.) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु गरेको छ । तेर्सापट्टी बुहारी समुहको सहकार्यमा क्लवले नेवाः छे भवनमा खाना तयार पारेर जि.एम.सी.मा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत आफुहरुले खानाको व्यबस्था गर्न सुरु गरेको क्लवका अध्यक्ष राजन श्रेष्ठले बताए ।
उनले भने “ आज हामीले पहिलो दिनको विहानमा मात्र करिब २ सय ५० जनालाई खाना खुवाएका छौं, हामीले वेलुका करिब ७ः०० बजे तिर पनि खानाको व्यबस्था मिलाएका छौं । ” जि.एम.सी.मा हाल कोरोनाको दैनिक १५ हजारसम्म निःशुल्क उपचार हुने भएकोले र अस्पतालमा रहेको क्यान्टिन समेत हाल बन्द भएकोले गर्दा आफुहरुले जि.एम.सी.मा नै खानाको व्यबस्था गरेको अध्यक्ष श्रेष्ठले बताए । केही समय अघि आफै कोरोना शंक्रमित भई निको भएका अध्यक्षले प्याकिङ खाना जिएमसीको क्यान्टिनको टेवलसम्म पुराउने काम गरेका छन्।
क्लबले बिहान दालभात तरकारीको साथमा अण्डा दिने गरेको छ भने वेलुका भने दाल भात तरकारीको साथमा कुखुराको मासु समेत दिने भएको श्रेष्ठले जनाए । क्लवले निशुलक खाना खुवाउने अभियान सुरु गरेसंगै केही सहयोग समेत प्राप्त हुन थालेको उनले जनाए । तमु परिवार न्यूयोर्क ईन्कबाट ५० हजार, नेपाली कांग्रेस नेतृ सरस्वती गुरुङबाट १० हजार लगायतको सहयोग जुट्न थालेको अध्यक्ष श्रेष्ठले जनाए । क्लवले गत बर्षको कोरोना महामारीमा २० दिनसम्म तेर्सापट्टीबाट निःशुल्क खाना वितरण गरेको थियो ।
साथै क्लवले बतास फाउण्डेशन को सक्रियातमा सुरु भएको अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा रकम उठाउन सेमत सुरु गरेको छ । यसैबिच, विवेशशिल साझा पार्टीले पोखरा स्विज्ञान प्रतिष्ठानमा केही दिन निशुल्क खाना खुवाउन सुरु गरेसंगै जिल्ला प्रशासन कार्यालय कस्कीले कोरोना शंक्रमण फैलिन सक्ने भन्दै रोक्न निर्देशन दिएसंगै विवेकशिलले खाना वितरण स्थगित गरेको छ ।