समाचारकक्ष
पोखरा २६, जेठ
पोखरा ३ मा रहेको सृजनशिल अपाङगता सरोकार समिति(पि.आर.टि.) लाई खाद्य सामाग्रि वितरण गरिएको छ । पोखराकी वाल अभियान्ता प्रिन्सा रेग्मीको पहलमा याम खड्काले जापानमा स्थापना गरेको भलो भकारी कोषबाट प्राप्त भएको रकमबाट समितिलाई करिब २ सय २५ केजी खाद्य सामाग्रि चामल वितरण गरिएको हो ।
बुधबार पोखराका युवा व्यवसायी श्याँम शेरचन(सोल्टी) ले समितिका अध्यक्ष फडिन्द्र प्रसाद पौडेल, सल्लाहकार जगन्नाथ सुवेदी, अपाङगता भएका व्यक्तिलाई समेत उक्त राहत हस्तान्तरण गरेका थिए । समितिमा विभिन्न प्रकारका अपाङगता भएका व्यक्तिहरुलाई कोरोना कालमा तत्काल खानाको समस्या भएकोले आफुहरुले सहकार्य गरेर हाल सानो सहयोग गरेको वाल सामाजिक अभियान्ता रेग्मीले बताइन्। १५ घर परिवारको लागि जनही १५ केजी चामल प्रदान गरिएको उनले बताइन्।
हाल समितिमा शारीरिक, र्बाैद्धिक लगायतका अपाङगता भएका करिब ७० जना व्यत्तिहरु रहेको अध्यक्ष पौडेलले जनाए । समितिलाई केही समय अघि काठमाण्डौं बुढानिलकण्ठको वोधि सत्वा विहारबाट औषधि प्रदान गरिएको पोखरा संयोजक एवं पत्रकार दीननाथ बरालले बताए । पोखरामा खाद्य सामाग्री माग भएकोले विहारका नेपाल संयोजक सामाजिक अभियान्ता शान्त शर्मा मार्फत माग गरिएको बरालले जनाए ।